कुलमानले दोषीको दोष कोट्याउनै नचाहनुको कारण के?

[यो धेरैको जानकारीमा ल्याउनु उपयुक्त ठानी रामकुमार श्रेष्ठको फेसबुक वालबाट साभार गरेका हौं – सं]

By रामकुमार श्रेष्ठ*

पछिल्लो समय तीन मन्त्री जनार्दन शर्मा प्रभाकर, लालबाबु पण्डित र गगन थापाले जनताको मन जित्न सफल भए आफ्ना कामका कारण । ब्यबस्थापनतर्फ भने कुलमान घिसिङ मात्रै एउटा यस्ता ब्यक्ति बने जो सबैका हाय हाय बने । अन्धकारको युगलाई उज्यालोमा परिणत गरिदिने नायकको रुपमा मानिएका यिनी बारंबार पत्रकारद्धारा तेर्सिने दोषी बारेका प्रश्नमा न त कसैलाई दोषी देखाउन चाहन्छन न त सबैले उनैलाई जस दिए तापनि जस आफूमा नै सीमित गर्न चाहन्छन । वास्तबमा तात्कालिन प्रधानमन्त्री, उर्जा मन्त्री र सचिबसंगको टिमवर्क र सर्बसाधारणको सहयोग बिना यो महान उद्धेस्य प्राप्ती संभब थिएन । जादुमय परिणाम दिए बापत उन्लाई कार्यालय छिर्नै नदिने काम मात्रै भएन मूलधारको एउटा पत्रिका उन्को चरित्रहत्या गर्न लाग्नुसम्म लाग्यो र उनीहरुलाई पनि गालीगलौज गर्नतिर उनी लाग्दैनन । केही बर्ष अघि मैले डरलाग्दो किसिमबाट नेपालमा जुन किसिमले माफियातन्त्र देखापर्नेबारे लेखेको थिएँ, त्योभन्दा फरक किसिमबाट देखा परे पनि यस्ले देशलाई नराम्ररी गाँजिसकेको छ र यसबारे पछि पछि लेख्दै जानेछु ।

मेरो आफ्नो बुझाईमा कुलमान घिसिङ दोषीको बारेमा बोल्नै नचाहनुको पछाडि एउटा बिशेष कारण छ । पूर्व मन्त्री जनार्दन शर्माले एउटा अन्तर्वार्तामा “टेबल टेबलमा सरकार छ” भन्नुले हाम्रो ब्युरोक्र्यासीभित्रको भ्रस्टाचारको जटिल र सशक्त जन्जाललाई इंगित गर्छ जुन जगजाहेरै छ ।

यदि दोषीलाई कारबाही गर्नतिर लागिन्थ्यो भने अधिकांश (हजारौं) कर्मचारी कारबाहीमा पर्न सक्थे । यस्ले निम्त्याउने द्धन्द्ध ब्यबस्थापनामा नै अहिलेसम्म समय खर्चनु पर्ने स्थिति सिर्जना गरिदिन सक्थ्यो पहिलो, दोश्रो नयाँँ भर्ना गरिने कर्मचारी पर्याप्त नहुन पनि सक्थ्यो र काम सुचारु तवरले अगाडि बढाउन समय लाग्न सक्थ्यो, र तेश्रो केही गर्न चाहने मन्त्रीहरुको समेत जीवन जोखिममा परेको कुरा सार्वजनिक भैराखेको देशमा भर्ना गरिने नयाँँ कर्मचारी परंपरागत भ्रस्ट ब्युरोक्र्यासीका कारण उनीहरु पनि भ्रस्ट नहोलान भन्न सकिन्न जसरी ठूला ठूला आदर्श छाट्ने नेता कुर्सीमा पुगेपछि भैरहेका छन । यस्ले गर्दा अहिलेसम्म नेपालीहरु जसरी उज्यालोमा बस्न पाएका छन त्यो बातावरण नबन्न सक्थ्यो । उद्धेस्य प्राप्तीका लागि प्रतिबद्ध भएर “भएकै कर्मचारीलाई बिस्तारै रुपान्तरण गर्दै एउटा सिस्टमभित्र ल्याउने मोडल” अनुरुप अगाडि बढ्ने निर्णयका कारण बारंबार कुलमान बिगतमा ‘के भयो’ भन्नेतिर लाग्नुभन्दा ‘कसरी अगाडि बढ्ने’ भन्ने जबाफ दिनैमा जोड दिने गर्छन् । यो पनि पनि मैले पहिला लेखेको Win win win को राम्रो उदाहरण हुन सक्छ ।

“घटना नकारात्मक हुँदा पनि सकारात्मक व्याख्या शुरु हुन्छ भने बल्ल लिडरशिप शुरु भयो भन्ने बुझ्नु पर्छ” भनाइको कुलमान घिसिङ एउटा ज्वलन्त राम्रो उदाहरण बनेका छन । किनकि उनी न त कसैलाई दोष दिन चाहन्छ्न न त परिणाममुखी काम गर्ने नायक भएर पनि जस आफू नै लिन चाहन्छन । केही नगरे पनि जस भने आफू लिने र दोष जति अरुमाथि थुपार्न माहिरका बीच बिल्कुलै फरक प्रकृतिका यी घिसिङ साँच्चिक्कै अजिबकै रोल मोडलका रुपमा देखा परेका छन ।

Facebook source link

*लेखक लुम्बिनी-कपिलवस्तु दिवस विस्व अभियानका विस्व संयोजक हुन ।

1 Comment on “कुलमानले दोषीको दोष कोट्याउनै नचाहनुको कारण के?

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.