हजुरबालाई ससुरा र आफ्नै बुवालाई श्रीमान बनाएर सबै सम्पति आफ्नो बनाएकी दिदीले आज बैनीलाई घर निकाल्न आउने भने पछी (स्थलगत भिडियो रिपोर्ट)

पोखरा,

आफुलाई जन्म दिने बा लाई पति र हजुरबा लाई ससुरा बनाएर सबै जग्गा आफ्नो नाममा पारेको र अदालतले पनि अन्याय गरेको भन्दै पोखरा महानगरपालिका वडा नं. १०÷१५ का महिला समुह र समाजसेवीले पोखराको रामबजारमा आज प्रदर्शन गरेका छन् ।

कालिका मन्दिर परिसर महिला समुह, मनकामना टोलविकास संस्था महिला उपसमिति, लक्ष्मिटोल आमा समुह, जनजागृती आमा समुह लगायतका संस्था र रामबजार आसपासका समाजसेवीले दुर्गा कुँवरको घर अगाडी प्रदर्शन गरेका हुन् । उनिहरुले दुर्गा कुँवरलाई घर निकाला गर्न नपाईने, पैतृक सम्पती आधा आधा पाउनुपर्ने, दुर्गा कुँवरले न्याय पाउनुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

दुर्गा कुँवरलाई न्याय दिएर छोड्ने बताउदै अभियन्ता तथा समाजसेवी पवित्रा गुरुङले भन्नुभयो आज घर निकाल्न दुर्गाको दिदी आउदैछन् भन्ने जानकारी पाएर हामी यहाँ उपस्थित भएका हौ । गुरुङले अगाडी भन्नुभयो – दुर्गा कुँवर अन्यायमा परेकी छन्, उनलाई न्याय दिनु हाम्रो दायित्व हो, उनले न्याय नपाईन्जेल हामी उनको साथमा रहन्छ ।

अदालत आफ्नो फैसाला कार्यान्वयन गराउन चाहान्छ तर समाज एकजुट भएर दुर्गा अन्यायमा परेको भन्दै निरन्तर दवाब दिईरहेका छन् । आज पनि दिनभर रामबजारबासी दुर्गाको घरमा धर्ना दिएर बसे रत्नाकुमारी बैनीलाई घर निकाल्न आईनन् त्यसपछि ५ बजे सबै आ–आफ्नो घर फर्किए ।
हेरौ भिडियो रिपोर्ट