अमेरिकामा बस्दै आएका समाजसेवी तथा कलाकार राजन क्षेत्री र अशोक सुबेदीले ल्याए मङ्सिरको पहिलो सातामै यस्तो गीत-भिडियो

कमल सरगम-काठमाण्डौ,नेपाली लोक दोहोरी क्षेत्रमै एक ऐतिहासिक गीतको फेरी निर्माण भएको छ।समय अनुरुप सृजनालाई परिमार्जन गर्दै एक अर्को उत्कृष्ट गीत बजारमा आएको हो।पछिल्लो पुस्ताकी एक होनहार आवाजकी धनि गायिका सिता श्रेष्ठ र चर्चित संगीतकार तथा गायक बसन्त थापाको सुमधुर आवाजमा सुसजित गीतमा बसन्त थापाकै लय र शब्द रहेको छ।

लामो समय अमेरिकामा बस्दै आउनु भएका समाजसेवी तथा कलाकार राजन क्षेत्री र अशोक सुबेदीको निर्माणमा तयार भएको पन्चेबाजा गीत “पानीले भिरालो खोज्यो”बजारमा आएको छ।बसन्त थापाकै युटुब च्यानलबाट आएको उक्त गीतमा अभिनय भने पछिल्लो पुस्तामा सबैको मन जितेका चर्चित मोडल दुर्गेश थापा,ओबी रायमाझी र नायिका मरिस्का पोख्रेलको दमदार अभिनय रहेको छ।

अभ्यास डिजिटलले बजारमा ल्याएको गीतको निर्देशन भने प्रथम खड्का क्षेत्रीले गरेका हुन्।अनन्त घिमिरेको सम्पादनमा तयार गीतको भिडियो छायांकन भने सुमन कार्कीले गरेका हुन्।भिडियो अत्यन्तै धेरै लगानी लगाएर निर्माण गरिएको गीतको टिमले जानकारी दिएको छ।
भिडियो :