नेपाल आइडलबाट बाहिरिएका अफसर अलिले ल्याए मर्म स्पर्शी गीत “यहि मुटु हो ” (भिडियो सहित)

स्कटनेपाल, काठमाडौँ,

नेपाल आइडल बाट चर्चामा आएका अफसर अलिको स्वरमा अत्यन्तै मर्म स्पर्शी आधुनिक गीत बजारमा आएको छ । विजय अर्यालको लय शब्दमा तयार गरिएको आधुनिक गीत “यहि मुटु हो ” को दृश्य निर्माण अविरल फिल्म्सले गरेको हो। म्युजिक भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने बजार व्यवस्थापन अविरल फिल्म्सले नै गरेको छ ।

पाल्पाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा श्रीन्गार संगुन शर्माको रहेको छ भने गीतमा आशिका अधिकारी, ओम हरि आचार्य , विजय अर्याल र कुलचन्द्र पुरीको अभिनय रहेको छ , यस भन्दा पहिले दर्शक श्रोताको मन जित्न सफल सर्जक विजय अर्यालको यो भने पहिलो आधुनिक गीत हो, हेरौ आजै मात्रै सार्बजनिक गरिएको आधुनिक गीत “यहि मुटु हो”। आलाप रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा झलक संगीतमको एरेन्ज रहेको छ ।

हेरु उक्त मनोरन्जनले भरिएको भिडियो