एक्सपोजको एकसाथ ३ सौदर्य प्रतियोगीता, मिस, मिष्टर एण्ड मिसेस राजधानी

काठमाडौँ

मिष्टर नेपालको आयोजक एक्सपोज नेपालले एकसाथ तीन सौन्दर्य प्रतियोगीता आयोजना गर्दैछ । ति हुन् –मिस , मिष्टर र मिसेस राजधानी २०१८ ।
मंगलबार एक बिज्ञाप्ती जारी गर्दै एक्सपोजले तीनै प्रतियोगीताको लागि आवेदन खुल्ला गरेको छ । यी प्रतियोगीतामा युवायुवती देखि बिवाहित महिलासम्मले भाग लिन सक्नेछन् ।
तीन मध्य ‘मिस राजधानी २०१८’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा २०१८’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा २०१८ ’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले सहभागीता जनाउन सक्नेछन् ।

युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगीताको रहेको एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।
प्रतियोगीतामा शिर्ष सहित दर्जन बढि विधामा पुरस्कृत गरिने छ । बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् । आवेदन फारम कुपन्डोल स्थित एक्पोज नेपालको कार्यलय तथा एक्सपोज नेपालको आधिकारीक पेजबाट पनि भर्न सकिने आयोजकले जनाएको छ ।