ज्यानमै ५० तोला सुन लगाउने मान्छेले बनाए चकित पार्ने सडक, आखिर के छ त्यो सडकमा ? (भिडियो)

पोखरा महानगरपालीका लेखनाथमा गोल्डेन मार्ग नामक एक सडक छ । सडकको दुबै छेउमा फूल,फलफूलको बिरुवा छन् । कतै फूल फूलिरहेको छ भने कतै फलफूल फलिरहेको छ । संभवत् यो पोखरा महानगरकै नुमना बाटो हो । यो बाटो यति सफा छ कि फोहोर फाल्ने मान्छेको चिनारीको लागी सिसि टिभी पनि जडान गरिएको छ ।
बेदराज न्यौपाने उक्त गोल्डेन मार्गका अध्यक्ष हुन् । सुनका गहना लगाउन सोख गर्ने न्यौपानेको सरिरमा करिब ५० तोला जति सुन हुन्छ । सुनकै जनै लगाउने गरेका न्यौपानेकै पहलमा यो बाटो बनाईएको हो । यो बाटो रातको समयमा समेत रोचक देखिन्छ । बत्तिले बाटो धपक्ककै बलेको हुन्छ भने यो बाटो पोखरा महानगर र स्थानीयबासिको सहयोगमा बनेको हो ।
यता पोखरा महानगरकै कुरुप र बिग्रेको बाटो पोखरा १४, चाउथेमा छ । बाटो पूर्ण रुपमा हिलाम्मे र गाडी जान समेत नसक्ने अवस्थामा । दुई पाङ्ग्रे मोटरसाईकल त जान नै धौ–धौ हुन्छ । यस्तो बाटो पनि यहि पोखराभित्र छ । हेरौं पोखराको राम्रो र खराब बाटो ।