नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) बाल दिवस २०१८

नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभएकोले भारतबाट फर्केपछि रत्नद्वारा आफ्नो जन्म दिन पारी वि.सं. २०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको र ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रुपमा बालदिवस मनाउने परंपरा शुरु भयो ।

२०४६ सालको प्रजातन्त्रको पुन: स्थापनापछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा गरी भाद्र २९ गतेलाई देशव्यापी रुपमा बाल दिवस मनाउने गरिएको हो ।

नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) को उद्धेस्य अनुरुप नेपाली संस्कृति र परंपराको जगेर्ना गर्दै भिक्टोरियामा बस्ने नेपाली बालबालिकाका बीच उनीहरुमा नेपाली कला, संस्कृति र परंपराप्रतिको ममता जगाउँदै उनीहरुको प्रतिभा बिकास गर्न न्याभले २००४ देखि आफ्नो सिग्नेचर कार्यक्रमको रुपमा बाल दिवस बर्षेनी मनाउँदै आइरहेको छ ।

त्यस्कै निरन्तरताको रुपमा यो बर्ष पनि न्याभले भिक्टोरियाका बिभिन्न नेपाली समुदायसंग संयुक्त रुपमा कार्यक्रमलाई अझै भब्यताका साथ मनाएर हाम्रो सांस्कृतिक बैभबतालाई अझै चम्काउँदै लैजान र हाम्रा बालबालिकाको प्रतिभा बिकास गर्न प्रयासरत छ । अत: हाम्रा बालबालिकाहरुलाई प्रोत्साहित गर्नको लागि यहाँँहरु सबैको उपस्थिति प्रार्थनिय छ ।

The program details:
Date:                              Sunday, 14 October 2018
Venue:                           Brunswick Town Hall, 233 Sydney Rd,
Brunswick VIC 3056
Time:                             10.30 am – 3.30 pm
Program Highlights:  Cultural fashion Parade, Talent Show, Performances,
Quiz Contest, Arts Competition and many more