सुन्दरीजलमा पौडी खेल्दा बेपत्ता बाबुको मुख हेर्न आएका सबिन, नेपाली सेनाको खोजी कार्य जारी भिडियो

भक्तपुर।

२३ वर्षीय सबिन तामाङ कुसे औशीको दिन गोकर्नेश्वोर, महादेवस्थानमा मेला हेर्न आफ्ना केहि साथीसँग घरबाट हिडेका थिए। कुसे औसीको दिन नेपाली संस्कृति अनुसार बुबाको मुख हेर्ने चलन भएकाले छ महिनाको छोरी सहित उनकी श्रीमती नगरकोट स्थित आफ्नो माइत गएकी थिइन्।
उनी पनि आफ्नो बुबाको मुख हेर्न माकालबारी आएका थिए। सबिन लगनखेल बस्छन् । उनीहरु छुटिएर बसेको वर्ष दिन जति भइसकेको थियो। तर पारिवारिक भेटघाट भने भइराख्थ्यो मेला पनि हेर्छु बुबाको मुख पनि हेर्छु भनेर उनी गएका थिए।

कुसे औसीको दिन लागेको मेलामा रमाइलो गर्ने क्रममा उनले मदिरा सेवन गरेका थिए। उनी अर्धहोस अवस्थामा थिए। अत्ति नै गर्मि भएकोले उनले महादेवस्थान नजिकैको ड्याममा पौडी खेल्छु भनेर हामफाल्न तयार भए।

सबिनले ड्याममा डुबुल्की मारे। एक पटकको डुबुल्की पछि उनी फेरी ड्यामबाट माथि आए र पुन: डुबुल्की मारे। यसपटक भने उनी माथि आएनन्। प्रतक्षदर्शीको भनाई अनुसार उनी डुबे। उनको अत्तोपत्तो भएन। करिब साढे १२ बजे यो घटना घटेको थियो। सबिन डुबेको नै हो भनेर त्यहाँका प्रतक्षदर्शीले उद्दार टोलिलाई खबर गरे।