बनाउने भए बा-आमा घर समाजसेवी विनयले, अब कोहि पनि बाबुआमाहरु बेवारिसे भएर बस्नुनपर्ने भिडियोसहित

भक्तपुर। वरिष्ठ समाजसेवी विनयजंग बस्नेत र आमाहरूको आमा भनेर चिनिने दिल शोभा श्रेष्ठले संयुक्त रुपमा ‘बा आमा घर’ वृद्ध आश्रम बनाउने भएका छन् ।

कुसे औसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथलीमा ‘एक्सन फर सोसल चेन्ज’ नामक सामाजिक संस्थाले निर्माण गर्न लागेको वृद्ध आश्रमको शिलान्यास महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गरेकी छिन् ।

ललितपुरको महालक्ष्मीस्थान ७ चाँगाथलीमा उक्त संस्थाको अध्यक्ष विनयजंग बस्नेतको पिता श्याम बहादुर बस्नेत र आमा उबर्सी बस्नेतको स्मरणमा वृद्ध आश्रमको स्थापना गर्ने लागेको हो ।

वृद्ध आश्रमको उद्घाटन गर्दै मन्त्री थापाले बृद्धबृद्धाहरुका लागि आश्रम निर्माण गर्नभन्दा आश्रय दिनुपर्ने बताइन् । बृद्धाश्रम निर्माण गर्नभन्दा पनि परिवारलाई नै जिम्मेवारी बनाउनेतर्फ राज्यले नीति निर्माणको पहल गरिरहेको उनले बताइन् । वृद्ध वृद्धाहरूलाई परिवारले हेर्ने स्थिति नबनेको खण्डमा मासिक आम्दानीको दश प्रतिशत वृद्ध वृद्धाहरूलाई दिनुपर्ने खालको ऐनको ड्रफाट् बनिरहेको समेत मन्त्री थापाले जानकारी गराइन् । मन्त्री थापाले बस्नेतले गरिरहेको कामको राज्यले जति तारिफ गरे पनि कम हुने उल्लेख गर्दै समाजका लागि यस्तै सकारात्मक चिन्तन भएका व्यक्तिको आवश्यक रहेको बताइन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ‘एक्सन फर सोसल चेन्ज’ले गरिरहेको काम साह्रनीय भएको बताउँदै संस्थालाई विगतदेखि नै ललितपुर महानगरपालिकाले सहयोग गरिहरेको बताए । उनले आगामी दिनमा समेत संस्थाका लागि आवश्यक पर्ने आर्थिक,भौतिक लगायत सबै सहयोग गर्न आफूहरू तत्पर रहेको बताए ।

यस्तै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले संस्थाका अध्यक्ष विनयजंग बस्नेत हिजोको कहालीलाग्दो विगतबाट उठेर आज यो अवस्थामा आइपुगेको स्मरण गर्दै संस्थाले महालक्ष्मी नगरपालिकाको समेत पहिचान हुने गरी काम गरिरहेको उल्लेख गर्दै ‘एक्सन फर सोसल चेन्ज’को अभियानमा हातेमालो गर्न आफूहरू सदैव तत्पर रहेको र महालक्ष्मी नगरपालिकालाई आर्दशस्थलको रूपमा निर्माण गर्नका लागि नगरपालिकाले सदैव हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

यस्तै आमा घरको सञ्चालक दिल शोभा श्रेष्ठले ब’वा आमाहरूलाई मरेपछि श्राद्ध गर्नभन्दा बाचुञ्जेल श्रद्धा गर्न आग्रह गरिन् । बुवा आमालाई माया र ममता दर्साउनका लागि कुनै गाह्रो काम नभएको उल्लेख गर्दै मृत्यु भइसकेपछि श्राद्ध गर्ने परिपाटी नभई जीवितैमा श्रद्धा गर्न सके कोही पनि वृद्ध(वृद्धा सडकमा आउन नपर्ने उल्लेख गरिन् । आफूले ९० जना बृद्धबृद्धाहरुलाई राखेर स्याहार सुसार गरिरहेको उल्लेख गर्दै हालसम्म १६ वटा शाखा रहेकोमा अझै एउटा नयाँ शाखा थपिएको बताइन् ।

यो घरको स्थापना दशै अगावै गरिसक्ने संस्थाका अध्यक्ष बस्नेतको प्रतिबद्धता छ । उक्त आश्रयस्थलमा आफन्तहरूबाट परित्यक्त भएका वृद्ध तथा वृद्धा बुवा आमाहरूलाई आश्रय दिइने छ । सो आश्रम विनयजंग बस्नेतको आफ्नै निजी जग्गामा बन्न लागेको हो । आश्रम निर्माण भएसँगै त्यहाँ १८ देखि २० जनासम्म घर परिवारबाट त्यागिएका वृद्ध अशक्तहरूले त्यहाँ लगेर राखिने जनाइएको छ ।

आमा तथा बालबच्चाहरूलाई हेर्ने विभिन्न संघ संस्थाहरू भए पनि वृद्ध भएका बुबाहरूलाई हेर्ने छुट्टै संस्था नभएको अवस्थामा कोही पनि वृद्धहरू वेवारिसे भएर बाच्नु नपरोस भन्ने हेतुले ‘बा आमा घर’को स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष बस्नेतले बताए ।

यो संस्थाले हालसम्म १ सय २० भन्दा बढी वेवारिसे लासहरूको दागबत्ती दिई सद्गद् गरिसकेको छ । विभिन्न बाटा घाट,पाटीपौवामा भेटिएका वेवारिसे तीन दर्जनभन्दा बढी बिरामीहरूलाई औषधोपचार गरी पुनर्जीवन दिने काम समेत संस्थाले गरिसकेको छ ।