पहिलो पटक टंक बुढाथोकी संगै नहुदा पनि अशोक र ए आरले मच्चाए तहल्का (भिडियो सहित)

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य सकिएर अहिले उनको घर हस्तान्तरण कार्यक्रम पनि सकिएको छ । अशोक दर्जी अहिले काठमाडौँमा छन् ।

आफ्नो घर हस्तान्तरण कार्यक्रम सके लगतै अशोक, टंक र ए आर बुढाथोकीका साथमा डिजे रुपक पनि युएइको कार्यक्रममा गएका थिए । अशोक दर्जी अहिले नेपालका चर्चित सेलिब्रेटीका रुपमा परिचित छन् । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको कार्यक्रममा आजकल धेरै डिमाण्ड हुने गर्द छ । युएइ बाट फर्के लगतै टंक बुढाथोकी अहिले युके गएका छन् भने अशोक दर्जी र एआर बुढाथोकी पनि अर्कै कार्यक्रममा पुगेका छन् । पहिलो पल्ट टंक बुढाथोकी बाट अलग भएर कार्यक्रममा पुगेका अशोक र ए आर बुढाथोकीले कस्तो प्रस्तुति दिए त ? तल भिडियोमा हेर्नुहोला।