“हुदैन कन्यादान” कबिता कन्यादान

“हुदैन कन्यादान”

भन्छु कथा तिजको बेलामा समेटेर यो वेदना
कन्यादान छोरीलाई दिन्छन हाम्रो समाजमा

दान दिनलाई हैन जन्मेकी छोरी यस धर्तीमा
पठाएको प्रकृतिले उनलाई जगतसृष्टि राख्न

पढेकी खोज्छन बुहारी त गर्वपतन छोरीलाई
छोरी नभई रहन्न संसार यहाँ भन्देउ सबैलाई।

हुर्काई बढाई छोरी पठाई दाईजो दिएर यहाँ
आमाबाबु बित्छ जिन्दगी छोरा च्यापेर यहाँ

छोरीले जस्तो माया गर्ने हुन्न कुनै अरु सन्तान
शिक्षित बनाईदेउ छोरीलाई पर्दैन दाईजो दिन

जति सम्मान ज्वाईको हुन्छ उत्ति बुहारी पनि
हुनुपर्छ बराबारी यहाँ भन्देउ है सबैलाई भूमि

एकै रथका दुई पांग्र भन्छन् महिलापुरुष यहाँ
फेरी किन हुन्छ लैकिङ्ग विभेद यहि समाजमा

बुहारी भै कुनै भित्रिदैन त्यहाँ पश्चिमी समाजमा
हुन्छ सबथोक बराबरी बैबाहिक जीवनयात्रामा

दुईटै जान्छन कमाउन घरको कामलाई बाडेर
हुर्काउछ्न् छोराछोरी दुवै समान अवशर दिएर

कर्तब्य छ बराबरी त्यहाँ बराबर अधिकार पनि
छुट्याउदैन घरको काम गरुन महिलाले नै भनि

त्यसैले होला बिकासको मूल फुटाउछन् त्यहाँ
महिलालाई बनाई बलियो रथ चलाउछ्न त्यहाँ

हामले पनि सिक्नुपर्छ चलन देश बिकाश गर्न
महिला पूरुष हुनुपर्छ बराबरी हुदैन कन्यादान

रचना: बिष्णु गुरुङ ‘एकता’
लेकसाईड, पोखरा

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.