लभ स्टेसन धोषणा संगै रोज हेर्न पुगिन जसिता,दिइन यस्तो प्रतिक्रिया (भिडियो सहित)

लभ स्टेसन धोषणा संगै रोज हेर्न पुगिन जसिता गुरुङ । जसिता र प्रदिपको सम्बन्ध बारे बेला बेलामा समाचार आइ रहेको हुन्छ । यसै बीचमा आज प्रदिपले जसितालाइ आफ्नो अहिले चलिरहेको फिल्म रोज देखाएका छन् । फिल्म हेरे पछि जसिताले के बताइन त हेर्नुस प्रतिक्रिया । फिल्म ‘लभ स्टेशन’को लागी लिड अभिनेत्रीमा जसिता गुरुङ फाइनल भएकी छिन् । चर्चा तथा गसिपलाई पन्छ्याउँदै गुमनाम बसेको निर्माण टिमले अन्ततः जसितालाई सार्वजनिक गर्दै लिडिङ लेडी रहने जानकारी गरायो । ‘लिलिबिली’ डेब्यू गर्ल जसिताले दोश्रो पटक प्रदिप खड्कासँग जोडि बाँध्ने पक्का भएको हो ।

सोमबार राजधानीमा एक अनौपचारिक प्रेस भेटघाट आयोजना गर्दै निर्माण टिमले अन्य लिड कलाकार पनि सार्वजनिक गरेको छ । लण्डन बस्दै आएकी जसिता यो फिल्मकै लागी काठमाडौं आइपुगेकी छिन् ।

फिल्मंमा प्रदिप र जसितासँगै ‘म्यान हण्ट नेपाल २०१७’ का फर्स्ट रनरअप तथा मिस्टर ग्लोबल २०१८ प्रकाश शाह लिड अभिनयमा रहनेछन् । प्रकाशको भुमिका नेगेटिभ या पोजिटिभ खुलाईएको छैन । श्रोतका अनुसार जसिताको लागी प्रकाश र प्रदिपको टकराब फिल्ममा हुनेछ ।

सँगसँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल पनि यो फिल्ममा मुख्य अभिनयमा रहनेछन् । गोविन्द शाहीले निर्माण गर्ने फिल्मलाई पाका निर्देशक उज्जल घिमिरेले एक्सन कट गर्नेछन् । आगामी असोज ५ गतेबाट फिल्म फ्लोरमा जाने बताइएको छ ।