निकालियो बेगनास तालमा डुबेका ८ जनाको शब, कसरी भयो यती ठूलो दुर्घटना (स्थलगत रिपोर्ट)

पोखराको बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुदा बेपत्ता भएका ४ बच्चा सहित ८ जना मृत फेला परेका छन् ।
डुङ्गा दुर्घटनामा परि बेपत्ता भएका गैडाकोट घर भएका एकै परिवारका ३२ बर्षीय रवि खनाल र उनका दुई छोराहरु ८ बर्षीय शंकर खनाल र ७ बर्षिय शिव खनालको शब् फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । त्यसैगरी पोखराकी १८ बर्षिय मनिषा बजगाई र ५ बर्षिय प्राचिन पौडेल तथा तनहुँ भिमाद नगरपालिकाका ४ बर्षिय रन्जित गैरे समेत मृत फेला परेको डिएसपी गुरुङले बताए ।
बेपत्ता भएकाहरुको शनिबार साझ सम्म र आइतबार विहान साढे सात बजेदेखि नै खोजीकार्य सुरु गरिएकोमा आइतबार मध्यान्ह १२ बजे सम्म ६ जना मृत फेला फेला परेको डिएसपी गुरुङले बताए । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको गोताखोरको टोलीले खोजीकार्य गर्दा पहिलो शब् आइतबार १०:३० बजे भेटेको र खोजि गर्दै जादा मध्यान्ह १२ बजे सम्म सबै जना बेपत्ता व्यक्तिहरु मृत फेला परेको उनले बताए ।