सरकार यसरी नै लत्रिरहन्छः प्रदेश सभा सांसद राजेन्द्र पाण्डे

काठमाडौं । १५ औँ चरणको अनशनमा बसेका डा. गोविन्द केसीको माग सरकारले पूरा गरिदिएको छ । बिहीबार राति सहमतिपछि केसीको अनशन तोडिएको छ । तर अनशन तोडिँदा फेरि पनि मनमोहन मेमोरियल मेडिकल कलेजमाथि नै ‘अन्याय’ भएको सरकारनिकट नेता कार्यकर्ताको बुझाइ छ ।

काठमाडौंमा सर्वसाधारणको शेयरमा मनमोहन मेडिकल कलेज स्थापनासँगै डा. गोविन्द केसी पटकपटक ‘मेडिकल माफिया’को आरोप लगाउँदै अनुमति दिनु हुन्न भनेर अनशन बसेका छन् । यसपटक पनि काठमाडौंमा १० वर्ष नयाँ मेडिकल कलेजलाई अनुमति नदिने भन्ने सहमतिले कतै मनमोहन मेमोरियल मेडिकल कलेजमा भएको लगानीमै वज्रपात गरिएको त होइन ? सत्तापक्षधर नेता, कार्यकर्ताको स्वाभाविक जिज्ञासा ।

प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको सञ्चालक संस्था नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा प्रदेश सभा सांसद राजेन्द्र पाण्डेले पहिलादेखि नै केसी राजनीतिक मुद्दा बनाएर मनमोहन रोक्न लागेको प्रतिक्रिया दिइरहनु भएको थियो । ‘यसपटक पनि मनमोहनमाथि राजनीति भएको हो ?’ जनतासमाचारको जिज्ञासामा भन्नुभयो, ‘मैले वार्तामा संलग्न नेताहरुसँग अपडेट हुन पाएको छैन, वार्ता भएको, सहमति गरिएको सुनिएको छ, यदि नयाँ मेडिकल कलेज खोल्न १० वर्ष बन्देज भनिएको भए सरकारले फेरि पनि बेठीक ग¥यो, यो सरकार अब कुनै पनि काममा सफल हुनै सक्दैन ।’