दर्जनौ कलाकारको आवाज हुबहु निकाल्ने गायक राजन कार्की

दर्जनौ कलाकारको आवाज हुबहु निकाल्ने गायक राजन कार्कीलाई आफ्नै गीतले मात्र होइन अरुको क्यारीकेचर गर्ने गाएक भनेर पनि चिनिन्छ । कार्कीले मेला महोत्सवमा थुप्रै कलाकारको क्यारिकेचर गरे पनि उनीहरुकै आवाजमा गीत भने रेकर्ड गरेका छैनन् । भन्छन् ‘अहिलेसम्म दर्शकका अगाडिमात्र क्यारिकेचर गरेको छुँ । नक्कली अवाजमा गीत रेकर्ड गरेको छैन् । तर सोच बनाएको छु । छिट्टै रेकर्ड गर्छु पनि होला ।’ यही क्यारिकेचरले गर्दा उनको माग स्वदेश देखि विदेशसम्म हुने गरेको छ । नेपालका ५४ जिल्ला र विदेशमा भारत, दुबै, कतार र बहराईन पुगिसकेका छन् ।

[youtube https://www.youtube.com/watch?v=KcC8d_VyWD4]