दमकका युवाहरुले गरे टंक र डिजे रुपकलाइ सम्मान, स्थानीय कलाकारले गाए मन बिनाको धन ठुलो (भिडियो सहित )

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ ।बिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।

अशोक दर्जीका बुबा आमा अहिले घर बन्दै गरेको समयमा नया छिमेकीको घरमा बसिरहेका छन् । अशोक दर्जीको घर लगभग अब अन्तिम अवस्थामा छ। अशोक दर्जी अब काठमाडौँ पढ्ने भएका छन् । अहिले गायक टंक बुढाथोकी घर बनाउने क्रममा झापामानै छन् । हिजो दमकका युवाहरुले गायक टंक बुढाथोकी र डिजे रुपकलाइ सम्मान कार्यक्रम गरेका छन् । उक्त कार्यक्रममा दमकमा रहेका स्थानीय कलाकारले मन बिनाको धन ठुलो गित लाइभ गायक छन् । मन बिनाको धन ठुलो गीतलाइ कभर गाउदा कस्तो सुनियो त ? तल भिडियोमा हेरेर मनोरंजन लिनुहोला ।
[youtube https://www.youtube.com/watch?v=1u3KVygYeOY]