म नेपालमा नै मर्न चाहन्छु ! ८१ वर्षका बिदेशीलाई नागरीकताको लागी घुस मागेको खुलासा

पोखरा – नेपालमा ५२ बर्ष देखि बस्दै आएका बेलाएती नागरीक कलिन स्मीथ पोखराको लामा पोखरा लामागाँउ को जंगलको नजिकै एउटा सानो टिनले छाएको एउटा मात्र कोठा भएको घरमा बस्छन् । उनको दैनीकी अहिले त्यति सामान्य बन्न सकेको छैन कारण उनी अहिले बिरामी छन् । पोखराको लामाचौरामा रहेको गण्डकी बोडिङ्ग स्थापना देखि अहिले सम्म उनि पोखरा छन् ।
जिवनको ८१ औं वर्ष सम्म आइपुग्दा उनलाई नेपाल छाडेर स्वादेश जान मन लागेन । उनले कुनै बेला नेपालको स्कुलमा डा. बाबुराम भट्टराई र उपेन्द्र देवकोटा लाई पढाएका थिए । अहिले उनी नेपाली नागरीक बन्ने प्रयासमा छन् । नागरीकताका लागि उनले प्रयास गरेको लामो समय भैसक्यो तर परिणाम शुन्य यसै क्रममा उनलाई घुस माग्ने सम्मको प्रयास भयो ।
उनी किन नेपाल आए ? यो उमेरमा अहिले नेपालमा किन एक्लै छन ? कसरी दैनिकी चलाइरहेका छन ? उनी के चाहन्छन ? सम्पुर्ण नालिबेली सहितको तलको मन छुने भिडियो हेर्नुहोस :

[youtube https://www.youtube.com/watch?v=csL6kfAUwq8]