प्रधानमन्त्रीबाट यसरी भयो सिङ्गो नेपाललाई फलफूलको बगैचा बनाउने महाअभियानको सुरुवात (भिडियो सहित)

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेर एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबार मंगलबार बिरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् । जमिनको सदुपायोग गरी नेपाललाई फलफूलको बगैँचा बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।

सिंहदरबारमा मंगलबार आँपका २०, लिचीका १५, एभोकाडोका २१, अनारका ७८, अम्बाका २५, कागतीका २०, जुनारका ५०, सुन्तलाका १०, मुन्तलाका ११२, तथा मेकाडेमियानटका ४० बिरुवा रोपिएको छ ।

हेर्नुहोस भिडियो यसरी भयो सुरुवात