तिन करोड नेपालि रुवाउने टेक बिष्टको अभिनयमा आयो ”प्रदेशीको कथा”हेर्नुहोस भिडियो सहित

काठमाण्डौ।पछिल्लो समय दोहोरी गीतमा फरक स्वाद देख्न सकिन्छ । यहि स्वादलाई चखाउन फेरी अर्को ऐतिहासिक दोहोरी गीत सार्बजनिक भएको छ । माया प्रेम र गरिबीका पिडा समाबेश गरि बाध्याताले प्रदेशका दुख पिडा यस म्युजिक भिडियो समेटिएको एक ऐतिहासिक कथा जोडिएको दोहोरी गीत “प्रदेशीको कथा ”बजारमा आएको छ ।  लोक दोहोरी क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतमा जमेका चर्चित युवा तथा छोटो समयमै चर्चापरिचर्चा सहित युवापिदिको मनमुटुमा बास गर्न सफल टेक विष्टको अभिनय रहेको अर्को मार्मिक गीत “प्रदेशीको कथा”सार्बजनिक भएको छ । गोपी रसाईली  र चर्चित लोकदोहोरी गायिका देवी घर्तिको सुमधुर आवाज रहेको गीतमा लय गायक गोपी रसाईलीले गरेका छन् भने शब्द योगन ढोलीको रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा टेक विष्टलाई अभिनयमा साथ् भने आशा खडकाले दिएकी छन । प्रकाश खडकाको छायांकन रहेको भिडियोको सम्पादन भने मिलन बिकको रहेको छ  ।  वि स्टार यस गीतलाई वजार व्यवस्थापनतथा वितरण भने शिव  दर्शन फिल्मस प्रा.लिले गरेको छ ।

हेर्नुहोस भिडियो :