संसद भवनमा गगन थापा चर्किदै गर्दा बालकृष्ण ढुंगेल के गर्दै थिए ? (भिडियो)

नेपाली कांग्रेसले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरी जेल भुक्तानी गरिरहेका बालकृष्ण ढुंगेललाई रिहा गरिएको भन्दै बिरोध जनाएको छ । बजेट पेश गर्न बोलाईएको संघीय संसदको संयुक्त बैठकम कांग्रेस सांसद गगनकुमार थापाले असल चालचलन ठीक भएको भन्दै ढुंगेललाई रिहाई गरिएको भन्दै आपत्ति जनाउनुभयो । अदालतले स्पष्ट रुपमाले विधिको शासन रक्षाका लागि बालकृष्ण ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी जारी गरि जेल हालेको अवस्थामा रिहाई गरेर विधिको शासनको उलंघन गरिएको उहाले बताउनुभयो । चालनचलन ठीक छ भनेर आफूलाई लागेको निर्णय सरकारले गर्न नपाउने उहाको भनाई छ । यति बालकृष्ण ढुंगेल भने रिहाई गरिदिएकोमा सरकारलाई आभार व्यक्त गर्दै थिए ।

पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा ढुङ्गेलले आफु फेरी पनि पक्राउ पर्न सक्ने बताउनुभएको हो । गणतन्त्र आएपछि तेस्रो पटक जेल जानुपर्छ भन्ने आफुलाई नलागेको भन्दै उहाले संकटकाल लगाउने र टाउकाको मूल्य तोक्नेहरु नै प्रधानमन्त्री बनेर आफुलाई फसाईएको दाबी गर्नुभयो । ढुङ्गेलले आफ्ना लागि न्यायालयको बेञ्चबाट न्याय बलात्कृत भएको दावी गर्दे आफ्नो भागमा परेको गणतन्त्र पनि अपरहणमा परेको टिप्पणी गर्नुभयो । आफूमाथि लागेको हत्याको आरोपको प्रतिवाद गर्दे उहाले झुठ र पाप जाँच्ने मेसिन आएछ भने आफु जाँच्न तयार रहेको धारणा राख्नुभयो ।