बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ – रमेश राज भट्टराई संगको युकेमा अन्तरबार्ता (भिडियो)

इश्वर सापकोटा / स्कटनेपाल युके,

नेपाली गीत संगीतमा निरन्त लागी पर्नु भएका बहुप्रतिभाशाली गायक तथा संगीतकार रमेशराज भट्टराई अहिले निकै चर्चामा छन् । तनहुको सुन्दनगरी बन्दीपुरमा जन्मेका रमेशराज सानैदेखि गीत संगीतको क्षेत्रमा एकदमै रुची राख्थे ।
पछिल्लो समयमा बजारमा आएको बहुला नामक गीतको भिडियो बाट पनि उनी निकै चर्चा कमाउन सफल भए ।

रमेश राज भट्टराईका अहिलेसम्मका धेरै गित चर्चित छन् , रमेशका गित सुनेको भएपनि उनैको गित हो भनेर नचिन्ने दर्सक श्रोता पनि रहेको उनि बाताउँछन्, तर पछिल्लो समयमा आएका गीतहरुले भने उनको चर्चाको उचाइलाई अझ माथि पुर्याएको छ त्यसमाथि पनि बहुला गीतले अझ धेरै चिनाएको उनि बताउंछन्
आजभोलि देश भित्रका कार्यक्रम होस् या देश बाहिरका कार्यक्रम उनि स्टेजमा चडीसकेपछि पहिलेनै बहुला गीतको हुटिङ्ग आउने गरेको उनि बताउँछन् ।

उनि अहिले युकेको यात्रामा आफना मिठा मिठा गित संगीत हरुले बेलायतका स्टेजहरुमा दर्शक हरुलाई तताईराखेका छन् ।
यसै संदर्बमा इश्वर सापकोटाले उनि संग लिएको अन्तरबार्ता पहिलो पटक स्कटनेपाल डट कम मार्फत सार्बजनिक भएको जानकारी तपाई दर्शक हरुलाई जानकारी दिदै चर्चित गायक रमेश राज भट्टराई संगको मिठो कुराकानी भिडियो हेर्नुहोस ।