वाइफाईको पासवर्ड नदिदा तातो एसिड प्रहार गरी युवालाइ यस्तो अवस्थामा पुराइयो (मार्मिक भिडियो)

स्कटनेपाल युके,

बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि सामाजिक अभियन्ता मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

अहिले भर्खरै उनले नारायन घाट सुकुम्बासी पिडित ३३ बर्षीय बिरमान महर्जन पिडितको लागी अभियान सुरु गर्नु भएको जानकारी दिनु भएको छ । बिरमान महर्जनलाइ उहाको छिमेकी मित्रले वाइफाईको पासवर्ड नदिदा तातो एसिड प्रहार गरी ३०% पुरै शरीर जलेको अबस्था र उपचार क्रममा ८० हज़ार रिन लागेको जानिकारी पनि इशाले दिनु भएको छ । अहिले पिडित लाइ काठमान्ढु कृतिपुर अस्पतालमा उपचार गराउदैको जानकारी पनि इशाले लाइव भिडियो मार्फत भन्नु भयो ।

हेरौ उक्त भिडियो पुरा जानकारी सहित !

यसै बिषय बस्तुमा सम्बन्धित काठमाडौँमा रहेकी समाज सेवी चेली खुसि राइ पनि यो अभियानमा जुट्नु भएको जानकारी पनि येहा गराउन गइ रहेका छौ । खुसि राइ आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ :
३३ वर्षिय बिरमान महर्जन गत बैशाख २३ गते नारायणघाट चितवनमा आफ्नै कोठामा सुति रहेको अवस्थामा चीनजान कै साथी मार्फत एसिड प्रहार बाट गम्भीर घाईते हुनु भएको छ । बिरमान महर्जनको हाल राजधानी स्थित कृतिपुर अस्पतालमा उपचार भई रहेको छ । एसिड प्रहारबाट ३०% जलेको र हाल केहि सुधारमा आएको छ । २ हप्ता देखि कृतिपुरमा उपचारत बिरमान सङ भएको अलि अलि रकम पनि सकिएको र औसधि पसलमा औषधिको रु ७६००० बाकी पुगेकोले निकै समस्या भएको छ । सामान्य परिवारको बिरमानको आर्थिक स्थितीमा समस्या भएकोले उहाको भाइ र आफन्तले आर्थिक सहयोगको याचना गर्नु भएको छ ।
आशा छ पहिलेको पिडितहरु लाई हामिले सहयोग गरे जस्तै बिरमान महर्जनलाई पनि अलि अलि सहयोग गरेर बचाउनेछौ । आफ्नो खाजा खर्च थोरै भए पनि बचाएर सहयोग गरौ भन्ने अनुरोध गर्दछु धन्यबाद
केही जानकारी लिनु परेको बिरामीको भाई 9821873670 सानु महर्जन ।