कास्कीको पवित्र सीता गुफा भित्रै यौन धन्दा, गुफा वरीपरी कन्डम नै कन्डम (भिडियो)

कास्कीको जिल्ला अन्र्तगत पोखरा लेखनाथ महानगरपालिका भित्र पर्ने सीता गुफा पबित्र गुफाको रुपमा हेरिन्छ । भगवान रामचन्द्र बनबास जाँदा यो ठाउँमा आएका थिए । त्यही समयमा सीता रजस्वला भएको र यही गुप्तवास बसेको धार्मिक किम्बदन्ती छ । सीता गुप्तबास बसेको भएर यस्को नाम सीता गुफा रहन गएको हो । यो गुफा ५० मिटर लामो र ७ मिटर चौडा छ । यो गुफाको अर्को बिशेषता भनेको यसमा एक पानीको कुवा छ त्यो कुवामा पानी थपघट हुँदैन र गुफा भित्र केहीबस्तुले हान्दा दमाहा बजेको आवाज आउँछ ।
तत्कालीन लेखनाथ नगरपालीका भित्र पर्ने यो गुफा प्रचारप्रसारको अभावले छट्पटाएको त छनै त्यो भन्दा पनि बढी यसको प्रयोग नराम्रो का मगर्न प्रयोग भएको पाईएको छ । गुफा संरक्षण नहुँदा र सम्बन्धीत सबैले चासो नदिँदा गुफामा यौन घन्दा फस्टाएको छ । तास खेल्नेहरु, चुरोट खानेहरु, लागुऔधष प्रयोग गर्नेहरु साथै यौन सम्पर्कको लागी समेत गुफा प्रयोग भएको छ । गुफाभित्र छरपस्ट रुपमा प्रयोग भएका कण्डमहरु, धेरै तासका खोलहरु साथै चुरोटका ठुटाहरु समेत देखिन्छन् । हेरौं यो भिडियो…