तेरिया जस्तै भाइरल भएका को हुन् अशोक दर्जी ! भिडियो आफै बोल्छ !!

राम कुमार श्रेष्ठ,

नेपाली सांगितिक क्षेत्रको नयाँ रामकृष्ण ढकालको रुपमा पनि लिइने गरिएको अशोक दर्जीले हालै आफ्नो पहिलो ‘मन बिनाको धन ठुलो कि धन बिना को मन‘ बोलको गीत रेकर्डिङ गराएका छन् नेपाली ड्रेसमा नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग र यस्लाई जीवनको सबैभन्दा ठुलो कामको रुपमा लिनुहुन्छ बुढाथोकी । बाल गायक अशोक दर्जीको स्वरमा सजिएको गीत ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ हिजो मात्रै सार्वजनिक भएको छ र एक्कै दिनमा यस्लाई झन्डै आधा मिलियनले हेरिसकेका छन । अशोकको पहिचान चिनाउने काम मात्रै नभएर जीवनशैली नै फेर्ने काममा मूलत: गायक तथा सङ्गीतकार टंक बुढाथोकी र डिजे रुपक लागि पर्नु भएको छ जुन नेपाली सांगितिक क्षेत्रको लागि ठूलो उपलब्धी हुन सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् झापा दमकका अशोक दर्जी । दर्जीले बाटो, होटलमा दिनभर गीत गाउँदै नाजुक अवस्थामा हिडिरहेको डिजे रुपक सापकोटाले भेटेपछि त्यस्तो अवस्थाभित्र देखिएको कलाकारितालाई फेसबुक मार्फत सार्वजनिक गरेपछि बिस्तारै सामाजिक सन्जालमा भाईरल बन्न पुगे लुकेको बाल कलाकार दर्जी । र आज रुपक सापकोटा अशोकको रुपक दादा मात्रै नभएर धेरैले कर्म दिने बुवाको रुपमा पनि लिने गर्छन् ।
पुरा भिडियोमा हेर्नुहोस !