मोदी मुक्तिनाथ पुग्दा देखियो यस्तो, भक्तजनहरु भुईमा लम्पसार (भिडियो)

भारतीय प्रधानमन्त्री मुक्तिनाथ पुग्दा दुई दिन अघि देखी भक्तजन, पर्यटक र स्थानीय बासिन्दाहरुले सास्ती भोग्नु परको थियो । मोदीको भ्रमणका कारण मुक्तिनाथको बाटो नै बन्द भयो, यति मात्र होईन अन्नपूर्ण ट्रेकिङ रुटमा नै पर्यटकहरु अड्किएर बस्न पर्यो । एक गाउँबाट अर्को गाउँमा समेत मानिसहरुलाई जना रोकिए कियो । मोदीको यो भ्रमणले मुक्तिनाथ घुम्न गएका पर्यटक र तिर्थालु भक्तजनहरु २ दिन बढी मुस्ताङ बस्न बाध्य भए । यसले उनीहरुको समय, आर्थिक लगायतका कुराहरुमा समस्या पैदा भयो । मोदी भ्रमणलाई बाहिरी रुपमा बिरोध जनाउन नसकेपनि मुक्तिनाथ वरपरका बासिन्दा, पर्यटक तथा धार्मिक यात्रुहरुले भने सकसको महसुस गरेका थिए ।
मोदी मुक्तिनाथ पुगे, नेपाली मिडियाहरुलाई भिडियो खिच्न रोके, फोटो निषेधित क्षेत्रबाट उनको राष्ट्रिय टेलिभिजन डिडि न्यूजले भिडियो खिच्यो । अहिले सम्म कुनै पनि पर्यटकले खिच्न नसकेको ठाउँमा भारतिय मिडियाहरु पसे, खिच्नै निषेध गरिएको ठाँउमा भिडियो लाईभ प्रशारण भयो । हामीले यस भिडियोमा मोदी फर्किएर मुक्तिनाथ सुन्य भएपछि भक्तजनहरुको भिड र त्यहा देखिएको भिडियो देखाउँदै छौं । भक्तजनहरु भुईमा लडिबुडी गरेर कठिन तपस्या समेत गरेका थिए । सायद २ दिन रोकिएका भक्तजनहरु भएर होला मुक्तनाथमा भिड समेत देखिएको थियो । हेरौं यो भिडियो ।