भेट्ने इच्छा गरेको चौबिस घण्टा पनि नपुग्दै रबि लामिछानेले गङ्गामायालाई भेट्न पुगेर लेखे यस्तो स्टाटस

आफ्नु छोराको न्यायको लागि आमरण अनसन बसेकी गंगामाया अधिकारीले रबि लामिछानेलाई भेट्ने इच्छा गरेको चौबिस घण्टा पनि नपुग्दै रबि लामिछानेले गङ्गामायालाई भेटेर आएको फोटो आफ्नु फेसबुकमा पोष्ट गर्दै गंगामाया अधिकारीसंग भएको कुरालाई केहि दिन पछि प्रस्तुत गर्ने बताएका छन् ।

रविले फोटो पोष्ट गर्दै लेखेको स्ट्याटस यस्तो छ ” उहाँले मलाई सम्झनु भएको थाहा पाएको २४ घन्टा नबित्दै भेटेर आएको छु। केही दिनमा उहाँ गङामाया अधिकारीसग गरिएका कुराकानी सहितको रीपोर्ट प्रशारण गर्ने छु।

हाम्रोकुराडट कममा गंगामाया अधिकारीको बारेमा केहि दिन अघि प्रकाशित आलेख गङ्गामायाले रविलाई भेट्ने आशय राखेकी थिईन ;-

उनले एउटा इच्चा भने व्यक्त गरिन् । उनले भनिन्, ‘सबै मिडियाहरु आए । तर, रवि लामिछाने भन्ने नाम सुनेको छु । म धेरै पटक सम्पर्कमा आउन खोजे । अहिलेसम्म भएन । रवि लामिछानेसँग कुरा गर्ने इच्छा छ ।

यदि उनी आउन सक्दैनन् भने म उनले जहाँ बोलाउँछन् । त्यहीँ जान्थे ।’ उनले यो पनि भनिन्, ‘डरले नआएका हुन् कि । उनलाई पनि डर होला ।’ गंगामाया उठ्न त सक्दिनन् ।

तर, रवि लामिछानेले जहाँ बोलायो त्यही पुग्छु, भन्नुले, उनी या सर्वोच्च अदालत भन्दामाथि कुनै न्यायायल भए त्यहाँको ढोका ढक्ढकाउन चाहन्थिन् वा अझै न्याय मूर्तिहरुलाई बिउँझाउने आवाजको खोजिमा छन् भन्ने बुझिन्छ ।” (सिधाकुराडटनेट बाट)