दाेहाेरी प्रतिष्ठान कास्की शाखाले मनायाे २३ आ‌ैं राष्ट्रिय लाेक दाेहाेरी दिबस

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फाल्गुण २९ लाई राष्ट्रिय लोकदोहोरी दिवस मनाएकाे छ ।

विभिन्न जिल्लाहरूमा बिबिध कार्यक्रम साथ मनाउदै गर्दा लाेक दाेहाेरी गित प्रतिष्ठान कास्कीले बिबिध कार्यक्रम सहित लाेक दाेहाेरी स्थापना दिबस मनायकाे हाे ।

प्रतिष्ठानकाे कार्यालयमा पुर्व अध्यक्ष एवं संरक्षक प्रजापति पराजुलीकाे प्रमुख अातिथ्यतामा शुभकामन आदानप्रदान एवम् सम्मानकार्यक्रम सम्पन्न गरेको छ ।

स्थापना दिवस कै अवसरमा प्रतिष्ठानले विभिन्न ब्याक्तित्वहरू लाई सम्मान गरेकाे थियो सम्मानित हुनेहरूमा कास्की प्रतिष्ठानका पुर्ब अध्यक्ष तारापती सुबेदी, पदम गुरुङ, जिबन दाहाल, केशब देबकोटा, शिबहरी ढुङाना, प्रेमराज अधिकारी र निबर्तमान अध्यक्ष टेक क्षेत्रीलाई सम्मान गरिएकाे थियो ।

कार्यक्रममा केन्द्रीय प्रशासनिक सचिब कास्कीका पुर्ब अध्यक्ष जिबन दाहाल, केन्द्रीय सचिबालय सदस्य तथा सल्लाहकार सुरेन्द्र गुरुङ , केन्द्रीय पुर्ब उपमाहासचिब तथा सल्लाहकार चोलेन्द्र पौडेल, गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की प्रतिष्ठान कास्कीका संरक्षकहरू याम गुरुङ पार्वती जि सी तारापति सुबेदी पदम बहादुर गुरुङ केशब देबकोटा शिबहरी ढुङाना प्रेमराज अधिकारी सल्लाहकार संयोजक सोमनाथ बास्तोला कानुनी सल्लाहकारहरु नारायण शर्मा दुर्गा कोइराला सल्लाहकारहरु बिष्णु भट्टराइ शालिग्राम पौडेल राजकुमार दिपक तिमिल्सिना कोबिद शरण उपाध्याय भिम भट्टराइ लक्ष्मण सुवेदी ज्ञानेश्वर सुबेदि दया भण्डारी पोखरा संगित समुहका श्री होम गुरुङ अग्रज गायिका ज्ञानु जुग्जाली बरिष्ठ पत्रकार श्याम कुवरकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे ।