मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा चर्चित नेपाली कलाकारको प्रस्तुति सहित मावेन जात्रा

नेपाल फेस्टिभल हुने गरेको मेलबर्नको मुटु पाडोक्स फेडेरेसन स्क्वायरमा यही मार्च २४ आइतवारका दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति र नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्द्धन गर्ने गरी नेपाली खाना, लाखे, रथ आदि मार्फत फेडेरेसन स्क्वायरलाई नेपालमय बनाउने किसिमले तयारी भैराखेको छ ।

Maven Consulting Group टाइटल स्पोन्सर रहने मावेन जात्रामा नेपालबाट सतिश घलान (पप), सविन बिष्ट (नाच), एकदेव लिम्बू (पप), प्रकाश सपुत (लोक गायन), लौरे एन्ड ब्याड कम्पनी (र्याप) जस्ता बिभिन्न बिधाका चर्चित कलाकारहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा १० बर्षसम्म र ५० बर्षभन्दा माथिका लागि प्रबेष नि:शुल्क गरिएको छ भने ११-४९ बर्षसम्मका लागि प्रबेषका लागि ५० डलर राखिएको छ ।

कार्यक्रम फागु पूर्णिमाको दिन परेको छ ।