लोक दोहोरी गित (चुलेसी) भिडियो सार्बजनिक

टुक बहादुर रामदाम ,मस्कट ओमान।

दुखको बिषय लाखौं नेपालीहरुको प्रवासमै तड्पिरहेको छ अमुल्य जिबन गित संगितलाई मायाँ गर्दै आफ्नो कला गला र प्रतिभा भर्दै कलाप्रेमीहरुले बुझाउँदैछन् आफ्ना दुखी मन्।

यसै सन्दर्भमा प्रवास ओमानमा रोजगारीको सिलसिलामा रहनु भएका कलाकारहरुले नेपाली लोक संगित प्रतिको मोह लगाव र लगनलाई निरन्तरता दिदै सांगीतिक बजारमा मोडल उमर खानले नयाँ गित चुलेसी नामक लोक दोहोरी गित बजारमा ल्याएका छन् ।

एल्बमको नाम चुलेसी रहेको छ भने गायक सुनिल बिसि र गायिका दिक्षा सुनारको आवाजमा सजिएको गित गायक सुनिल बि सि को सब्द तथा उमार खानको थेगो लय रहेको छ भने निर्देशन तथा अभिनय उमर खान स्वयमले गरेका छन् साथै मोडल सबिता माझिले राम्रो साथ दिएकि छन्। यो भन्दा पहिल पनि थुप्रै  गित हरु बजारमा ल्याएका खानले यसपालि पनि दर्सक स्रोताहरुको मायाँ साथ र राम्रो प्रतिकृयाको अपेक्षा गर्दै गित बजारमा ल्याउन प्रतक्ष तथा अप्रतक्ष रुपमा साथ सहयोग गर्नुहुने सांगीतिक मन हरु लाइ धन्यबाद व्यक्त गरेका छन् ।

बिदेशमै  छायांकन गरिएको उक्त  लोक दोहोरी गितको  भिडियो अन्य भन्दा फरक र नयाँ स्वाद रहेको छ।
पछिल्लो समय ओमानमा  संघ संस्थाहरुले गरिने बिभिन्न साँगितिक कार्यक्रमहरुमा  उत्कृष्ट क्यामेरामेनको भुमिका निभाउनु भएका सन्तोष कटुवालले  उक्त गितको भिडियो  छायांकन गर्ने सुवर्ण अवसर पाउनु भएको थियो ।उक्त अवसरलाइ उत्साहका साथ तनमन लगाइ जिम्मेवारी निभाएको बताउँदै सार्वजनिक उक्त लोक गित लाइ सबैले मायाँ गरी दिनुहुने छ र साँगितिक क्षेत्रमा छायांकन गर्ने यो पहिलो प्रयासलाई जस्तो लाग्छ तेस्तै  प्रतिकृया सल्लाह सुझावको अपक्षा गर्दै  आगामीदिन लाई अझ  हेउसला प्रदान गर्नुहुने छ भन्ने आशा व्यक्त गर्नु भएको छ।