‘हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड वोल्भरहाम्टन’ यूकेको अध्यक्षमा भीमलाल शर्मा चयन

स्कटनेपाल युके । बेलायतको मिडल्याण्डमा नेपालीहरुको संस्था ‘हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड वोल्भरहाम्टन’ मा लामो समय देखी कार्यरत समाज सेवी भीमलाल शर्मा अध्यक्षमा चयन भएका छन्। मंगलबार भएको ७ औं अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।

संस्थाको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी खराल, उपाध्यक्षमा ऋषी सापकोटा, महासचिवमा इश्वर रिजाल, सचिवमा रीमा सापकोटा, कोषाध्यक्षमा विष्णु लामिछाने र सहकोषाध्यक्षमा नरेन पंगेनी रहेका छन् भने २१ सदस्यीय समितिको घोषणा निर्वाचन कमिटी संयोजक गंगाधर गौतमले गरेका थिए।

महासचिव रिजालले संस्थाले मिडल्याण्डसका नेपालीहरुको को पक्षमा काम गर्ने बताए। कार्यक्रममा २ सय ५० जनाभन्दा बढ़ी नेपालीको सहभागिता रहेको अध्यक्ष भीमलाल शर्माले जानकारी गराउनु भयो।