नरेश खाती र मेक्सम खातीले ल्याए ‘रुँदै रुँदै तिम्रो शहर’को भाग २ ‘देशै छोडेर’

काठमाडौं । लोकदोहोरी गायक नरेश खाती क्षेत्रीको नयाँ गीत ‘देशै छोडेर’ सार्वजनिक भएको छ । ‘रुँदै रुँदै तिम्रो शहर’ को भाग २ का रूपमा ‘देशै छोडेर’ गीत ल्याइएका हुन् । नरेशले खातीको शब्द र संगीत रहेको गीतमा गायक मेक्सम खाती क्षेत्री र गायिकमा पूर्णकला बिसीले आवाज भरेका छन् ।

मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो गोरक्ष म्युजिक प्रालिले निर्माण गरेको हो । स्वदेशमा रोजगारीको अवसर नहुँदा घरपरिवार छोडेर विदेश जानुपर्ने नेपाली युवाहरुको बाध्यतालाई गीतमार्फत दर्शाएको छ ।

म्युजिक भिडियोमा हिउँवाला गौतम, अञ्जली अधिकारी, मेक्सम खाती, नरेश खाती, रेश्मा केसी, सुनिप कार्की, नवराज शर्माको अभिनय रहेको छ ।