मेलबर्न सप्ताह भाग २ शुभारंभ

१५ अक्टोबर, मेलबर्न: अस्ट्रेलियाको भिक्टोरियाको १०० डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा नवाह ज्ञान महायज्ञको कलश यात्राबाट शुभारंभ भएको छ । महायज्ञमा प्रमुख वाचकको रूपमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल छन र कलश यात्रापछि उन्को प्रबाचान शुरु भएको छ । उनलाई बालब्यास श्रावण गुरुले साथ दिनेछन र यस्को समापन २३ तारिखका दिन हुनेछ ।

हरेक दिन नियमित पूजाआजा, दैनिक वेदपाठ, सप्तशती चण्डी पाठ र शुभ कार्यका कामहरू बिहानैबाट हुनेछ। सोमबारदेखि शुक्रबारसम्म दिउँसो ४ बजेदेखि साँझ ८ः३० बजेसम्म, शनिबार र आइतबार दिउँसो १ बजेदेखि साँझ साढे ८ बजेसम्म सप्ताह तथा नवाह कथा वाचनका साथ हरेक दिन साँझ ७ः३० बजे आरती सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञको ९ दिन नै मन्दिरमा बस्न चाहने भक्तजनहरूका लागि आवासको व्यवस्था छ ।

‘गाउँ गाउँबाट उठौँ, बस्ती बस्तीबाट उठौँ, मेलबर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भई जुटौँ’ मूल नाराका साथ हुन लागेको कार्यक्रममा कलाकारहरूबाट भजन कीर्तन, झाँकी समावेश हुनेछ ।

वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलकै सहभागितामा गरिएको पहिलो सप्ताह मार्फत उठेको रकमका कारण मेलबर्नमा बनाउने उद्धेस्य राखिएको नेपाली मन्दिरका लागि करीब १२० रोपनीको आबस्यक जग्गा किन्न संस्था समर्थ भएको थियो भने अब संकलित रकम गुरु योजना मुताबिकको मिनि नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्र निर्माणकार्यमा सहायकसिद्ध हुने कुरामा आयोजक बिस्वस्त छ । यस अघि सामुदायिक केन्द्रको जमिन किन्न लिएको चार लाख ५० हजार ऋण चुक्ता गर्ने लक्ष छ ।

कलश यात्राको सानो झलक