मेलबर्नमा नेपाली मन्दिर बनाउन रामकुमार र प्रभा श्रेष्ठद्धारा २५,०००.०० डलर प्रदान गरिने घोषणा

१८ अक्टोबर: मेलबर्न, अस्ट्रेलिया: मिनि नेपाल अवधारणाको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ वाचनप्रवीण पण्डित  दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा मेलबर्नमा नेपाली परंपरा, संस्कृतिलाई संरक्षण, सम्बर्द्धन र प्रबर्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गरिनुपर्छ भन्ने मान्यतालाई कदर गर्दै २५,०००.०० डलर प्रदान गर्ने घोषणा गरिएको छ लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ क विस्व सल्लाहकार रामकुमार श्रेष्ठ र श्रीमती प्रभा देवी श्रेष्ठद्धारा ।

छोरी पुजाको जन्मदिन सकिएको र छोरा पुरक र बुहारी प्रियंकाको दोश्रो एनिभर्सरी आउन लागेको बीचमा चलिराखेको यो महायज्ञमा छोरीको जन्मदिन र छोरा र बुहारीको दोश्रो एनिभर्सरीको अबसर पारेर पनि यो घोषणा गरिएको जानकारी श्रेष्ठले आफ्नो फेसबुक पेज मार्फत गराएका छन ।  छोरी पुजाको १८ औं जन्मदिन मनाउने तयारी अन्तिम अवस्थामा पुगेको बेला नेपालमा बाढी आएको कारण जन्मदिन मनाउने काम रोकी धुर्मुस्-सुन्तली मार्फत बाढी पहिरो पीडितका लागि ५ हजारभन्दा बढी डलर प्रदान गरिएको जानकारी पनि स्मरण गराएका छन श्रेष्ठले ।

वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलकै सहभागितामा गरिएको पहिलो सप्ताह मार्फत उठेको रकमका कारण मेलबर्नमा बनाउने उद्धेस्य राखिएको नेपाली मन्दिरका लागि १२० रोपनीभन्दा बढी जग्गा किन्न संस्था समर्थ भएको र अब संकलित रकम गुरु योजना मुताबिकको मिनि नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्र निर्माणकार्यमा प्रयोग गरिने पनि जानकारी गराएका छन श्रेष्ठले ।