उत्कृष्ट पप गायिका अवार्ड सोफियालाई र उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड रोशनलाई

जहाँ छन बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
झल्किन्छ ममता मेरो भाव गंगा जताजता
……………………………………………
एउटा भेलामा अनायास यो गीत गुन्जन थाल्छ मीठो महिला स्वरमा र उपस्थित सबै अनपेक्षित तवरबाट अनायाश गाइएको मीठो गीतले पहिला आस्चर्य चकित र त्यसपछि मन्त्रमुग्ध हुन्छन, तर यो कुनै गीति कार्यक्रम भने थिएन । यो त थियो वेलायतमा दोस्रो कपिलबस्तु दिवस कार्यक्रम मनाउन शुरु गर्न भूमिकाको रुपमा शिक्षिका, गायिका र लेखिकाको रुपमा चिनिनु भएकी कार्यक्रम उदघोषिका सोफिया थापाले गाउनु भएको गीत ।

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा सुरेश चन्द्र चालिसेले ईतिहास तोडने मोडने प्रब्रिति पुरानो भएको र बलियाले त्यस्लाई आफ्नो पक्षमा पार्ने परंपराकै परिणति बर्तमान लुम्बिनीको प्रश्न रहेको बताउनु हुँदै यो अभियान यस्को धरोहर भएको बताउनु भयो । र साधन, श्रोत र आफ्नो शक्तिले भ्याएसम्म यो अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

उपर्युक्त अंश वेलायतका लागि तात्कालिन राजदूत एबं बर्तमान राष्ट्रपतिका प्रमुख सल्लहकार डा सुरेश चन्द्र चालिसेको प्रमुख आतिथ्यतामा वेलायतमा २०१० को नोभेम्बर २८ तारिखका दिन आयोजित कार्यक्रमको बारेमा बिभिन्न पत्रिकामा प्रकाशित समाचारको शुरुका अंश हुन ।

उनै सोफिया थापाले दशौं म्यूज़िक खबर अवार्डमा उत्कृष्ट पप गायिका अवार्ड प्राप्त गरिन । उन्का गीतहरुमा महिला उत्पिडनका बिरुद्ध आवाज बुलन्द हुने गर्छन् ।

त्यसै गरी न्यासनल इन्डिजिनियस म्युजिक एबं फिल्म अवार्ड २०२३ मा नेवारी गीततर्फ रोशन धौबडेलले उत्कृष्ट म्युजिक कम्पोजर अवार्ड प्राप्त गरेका छन ।

दुबैजनालाई लुम्बिनी-कपिलवस्तु विस्व आभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।