भोलिदेखि हुने भनिएको बृहत लोक दोहोरी महोत्सव पर्सि (वुधवार) बाट शुरु हुने

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा भोलिबाट हुने भनिएको बृहत लोकदोहोरी महोत्सव पर्सि (वुधवार) बाट मात्र शुरु हुने भएको छ ।

इजरायल आक्रमणमा परी मृत्यु भएका नेपालीहरुको सम्मानमा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेकाले महोत्सव उद्घाटन कार्यक्रम सारिएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति गोरखाले जनाएको छ ।

सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै प्रतिष्ठानले सो कुरा जानकारी गराएको हो । महोत्सवको सोमवार गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रिय शोक घोषणाका कारण कार्यक्रम सारिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष हरेराम परियारले बताए ।

वुधवार उद्घाटन गरेर महोत्सव संचालन गरिने उनले जानकारी दिए । महोत्सवको सबै तयारी पूरा भइसकेको समेत उनले बताए ।