दिप गुरुङको उत्कृष्ट निर्दशनमा रहेको मौलिक कौडा गीत ‘गैह्री गाउँको साँइली’ चर्चामा

कास्कीको घान्द्रुकमा छायांङ्कन गरिएको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको छ । कलाकार ताराश्रीस मगर र विमल परियारको स्वरमा रहेको ‘गैह्री गाउँको साँइली’ बोलको कौडा गीत सार्वजनिक भएको हो ।

नेपाली फिल्मका अभिनेता धीरेन शाक्य अभिनीत उक्त भिडियो बिहीबार दीप गुरुङ युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । दीप आफैंले निर्देशन गरेको गीत भिडियो निकै राम्रो बनेको छ । गुरुङ बस्ती लगायत पर्यटकीय दृश्य भिडियोमा देखिन्छ।

कास्कीको पर्यटकीय स्थल घान्द्रुकमा छायाँङ्कन गरिएको उक्त गीतमा कलाकारहरु धीरेन शाक्य, आनन्द गुरुङ, रिना गुरुङ र जुना गुरुङको अभिनय रहेको छ । उक्त गीतमा शम्भु चालिसेको छायाँङ्कन ,विष्णुहरी तिमल्सिनाको सम्पादन गरेका छन् ।

उक्त गीतमा कलकार विमल परियारको संगीत र शिब हमालको शब्द रहेको छ । गीतमा रुपी सिंजाली मगर, प्रेमा राणा, राजु तोलाङ्गी गुरुङ र सागर बाजुरालीको सहयोगी स्वर रहेको छ । हेर्नुहोस् पुरा भिडियो :