खेम सेन्चुरी र गायिका जानुका तामाङको तिज गित ‘हरहरहर महादेब…’ सर्वाधिक चर्चामा

काठमाडौँ- गायिका जानुका तामाङको तिज गीत ‘हरहरहर माहादेब…’ रिलिज भएको छ । बुधबार जानुका तामाङकै आफ्नै अफिसियल युटुब च्यालन मार्फत गीत रिलिज भएको हो ।

गीतमा जानुका तामाङको आबाज रहेको छ भने उनलाई चर्चित गायक तथा गीतकार खेम सेन्चुरीले आबाजमा साथ दिएका छन् । जानुका तामाङको शब्दलाई टपक्क टिपेर खेम सेन्चुरीले गीतमा संगीत भरेका हुन् ।

सुनिल परियारको संगीत संयोजन रहेको उक्त गीतको भिडिओलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने भिडिओमा मोडल ओबी रायमाझी र अन्जली अधिकारिको दमदार नृत्य देख्न सकिन्छ ।

राजेश घिमिरेको छायाँकन रहेको उक्त भिडिओलाई मनोज कार्कीको सम्पादन गरेका हुन् ।