अनुप देवता उपन्यासको अन्तरक्रिया सम्पन्न

उपन्यास समाज नेपालको आयोजनामा उपन्यासकार शंकर भारतीद्वारा लिखित “अनुपम देवता” उपन्यासको तेस्रो संस्करण एवं “अन्तरक्रिया कार्यक्रम” एक समारोहबीच राजधानीमा सम्पन्न भएको छ । उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास बारे आफ्नो भनाई राख्दै धेरैभन्दा धेरै पाठकले उपन्यास मन पराइ दिनुभएको कारण उपन्यास तेस्रो संस्करण गर्न पाएकोमा कार्यक्रममा सहभागी सम्पूर्ण र उपन्यासलाई मन पराइ दिनु हुने पाठक सबैलाई हृदयदेखि धन्यवाद दिनुभएको थियो । कार्यक्रममा विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ समेत सो समारोहमा सहभागी रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, श्रीओम श्रेष्ठ “रोदन”, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिना लगायतले आ- आफ्ना तर्फबाट शुभकामना व्यक्त गर्नु भयो ।

उपन्यासको तेस्रो संस्करण तथा अन्तरक्रिया कार्यक्रम साहित्यकार श्रीओम श्रेष्ठ “रोदन” को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको थियो ! सो कार्यक्रममा “अनुपम देवता” उपन्यासको बारे चर्चा गरिनुको साथ साथै बिभिन्न साहित्यकारहरूले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । उक्त कार्यक्रममा ‘ अनुपम देवता बारे समालोचकहरू डा. दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. मधुसूदन लामिछाने, डा. दिनबन्धु शर्माले आआफ्नो मन्तव्य र बिचार राख्नु भएको थियो ।