कमल बस्नेत आफ्नो जादुकलाले देश बिदेशमा चर्चित हुँदै

नेपाली युवा जादुगर कमल बस्नेत जादुलाई मनाेरञ्जनकाे रुपमा स्थापित गर्न लागि परेका छन् । २०४० सालमा खाेटाङकाे दिक्तेलमा जन्मेका कमल बस्नेतले बिगत २० वर्ष अघि देखी नै स्कुल, जन्मदिन, पार्टी लगाएत विभिन्न स्टेजहरुमा जादु प्रस्तुत गर्दै आएका छन् । जादुकला टुनामुना नभई नितान्त हातकाे सफाईबाट देखाउने मनाेरञ्जनकाे खेल रहेकाे बताउने जादुगर बस्नेतले दुईसय पचास भन्दा बढि रमाईला स्टेजमा जादु देखाईसकेका छन् । बस्नेत यती बेला भने नेपाली जादुगरहरु मध्ये अहिलेका निकै व्यस्त जादुगर भित्र पदर्छन्।

जादु सिक्नकाे लागि मधेशिहरुकाे पाेकाे पन्तरकाे बाेकेर १४ अन्चल ७५ जिल्ला पुगे तर महिले त्याे बापत अरु केही पाईन भन्दै उनले गुनासो पोखे । मात्रै पाए याे कला आगाेबाट परेवा निकाल्ने, रुमालबाट जादुकाे छडी बनाउने , टाउकाेमा आगाे बालेर चिया पकाउने , आँखा पट्टी बाधेर खुल्ला राेडमा माेटरसाईकल चलाउने , मान्छे बाक्समा हालेर तीन टुक्रा बनाउने र कागजबाट पैसा बनाउने जस्ता निकै अरुले भन्दा फरक र राेमाञ्च र रहस्यमय जादुहरु ।  कमलका  जादुहरु दर्शकहरुले धेरै रुचाईएकाे जादुमा पर्दछ।

करिब २०५९ सालमा कमल हुमागाई र बिदेशी जादुगर सँग जादुकला सिकेपछि आफुलाई जादुगरकाे रुपमा चिनाए। जादुगर कमल बस्नेतले यति खेर मेला महाेत्सव सभासमाराेह तथा विभिन्न स्कुलहरुमा जादु देखाउने गर्छन्। कमलले आफ्नु कला जादु देखाउन काठमाडौ लगाईत नेपालका धेरै ठाउँमा पुगेर आफ्नु कला देखाई सकेकाे छन् । उनिले एउटै स्टेजमा २५ देखि ३० वटा जादु आईटमहरु देखाएर दर्शकहरु मन जित्ने सफल भएका छन् । भने आफ्नु जादु प्रस्तुतिकाे लागि चाडै बिदेश पनि जाने तयारिमा छन, अरु जादुगरहरुले आफुलाई जादुगर बताएता पनि एउटै स्टेजमा तीन चार वटा मात्रै आईटम देखाए डान्स कमेडि गर्ने गरेका छन भने बस्नेतकाे चाहिँ भने पुरै जादु मात्रै रहने भएकाले एति बेला स्टेज तिर कायक्रमहरुकाे लागि निकै माग बढेकाे छ ।

आयाेजकहरुले एक पटक उनी पुगेकाे स्टेजमा पटक पटक उनलाई बाेलाउने गरेकाे पाईन्छ, जस्काे जादु देखेर अचम्म नपर्ने व्यक्ति सायद कमै हाेलान् हाम्राे देश नेपालमा पनि जादुगरहरु छन भनेर विश्व सामु चिनाउन पाउँदा कमलकाे अनुहारमा खुशि देखिन्छ । जादु सिक्ने समयमा भने आफुले परिवार र आफन्तजनबाट खासै साथ र सहयाेग भने नपाएकाे बस्नेतले बताउछन् । निभाना कला केन्द्र गाेल्काेपाखामा श्रीमतराज उपाध्याय सँग नृत्य सिकेका उनी पछि डान्सबाट कलाकार क्षेत्रमा प्रबेश गरेका बस्नेतले  भारतका चचित जादुगरहरु संम्राट शंकरसँग समेत एक बर्ष भारत मै बसेर जादु सिकेका हुन । उनी सडक पेटिमा जा‌ंदु देखाउने मान्छेकाे फाेक्साे निकाल्ने, मान्छेकाे जिब्राे काटेर फेरि जाेडने, कालाे कपडाले छाेपेर मान्छेलाई ६ फिट माथि हावा उडाउने जस्ता जादु देखाउन उनि निकै खप्पिस छन । कमलकाे भनाई अनुसार जादु धेरै महँगाे कला पर्ने हामिलाई जानकारी दिए ।