सिर्जु अधिकारीको नाठो पोइ बने प्रकाश कटुवाल (भिडियो सहित)

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छ । सोही क्रममा प्रकाश कटुवाल र सिर्जु अधिकारीको तीज गीत “नाठो पोई” सार्वजनिक भएको छ ।

यस गीतमा प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर रहेको छ भने प्रकाश कटुवालको शब्द, संगीत रहेको छ । स्मृति तिमिल्सिना “गुरूआमा” को निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी (काजी बा) प्रकाश कटुवाल, निया गौतम, शोभा बि।क र साजन बास्कोटाको अभिनय रहेको छ । यस गीतलाई प्रकाश कटुवालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।