१ करोड पुरस्कारको दावेदारको रुपमा गोरखाका स्वस्तिक अर्याल पहिलो फाइनलिस्ट

रामकुमार श्रेष्ठ
अमेरिका निवासी डिल्ली अधिकारी अध्यक्ष रहेको इन्ट्रा फाउन्डेशनले नेपालमा Mero Voice Universe र Mero Dance Universe रियालिटी शोहरु मार्फत नाच र गायन दुबै क्षेत्रका बिजेतालाई अहिलेसम्मकै सबैभन्दा ठूलो राशीको पुरस्कार १-१ करोडको पुरस्कारको ब्यबस्था गर्दै विस्वभरी छरिएर रहेका नेपालीहरुलाई कलाको माध्यमबाट एक ठाउँमा ल्याउने उद्धेस्यका साथ गरिराखेको दुई कार्यक्रममध्येबाट नाचको कार्यक्रमबाट उत्कृष्ट छ: जनाबाट मानविय हृदयमा छुन सफल मान्छेले बनाएको यन्त्रयुक्त मानबको रुपमा अभुतपूर्ब नाच प्रदर्शन गरेर performer of the week बनी पहिलो फाइनलिस्टको रुपमा सीधै फाइनलमा पुगेका छन गोरखा बिरेन्चोकका स्वस्तिक अर्याल ।

आफ्नो अदभूत नाचका कारण निर्णायक केकी अधिकारी, दिलिप रायमाझी, शंकर बिसी लगायत धेरैलाई भावुक बनाए स्वस्तिकले ।

अहिलेसम्म नेपालमा पपिङमा स्पेसियल्ली रोबोटिक फर्ममा यो स्तरको नाच देखेको थिइन भन्दै निर्णायक नरमानले नाचको क्षेत्रमा नाच्ने ब्यक्तिका लागि सबैभन्दा प्यारो बस्तु भनेको जुत्ता भएकोले स्वस्तिकलाई जुता उपहार दिए ।

संसारको जुनसुकै कुनामा गएर पनि स्वस्तिक जस्ता परफरमरलाई लिएर गएर चुनौति दिन सकिने बताइन अतिथी निर्णायक ॠचा शर्माले ।

कुनै पनि क्यारेक्टरमा प्राण भर्न सक्ने क्षमता राख्ने स्वस्तिकले आफू गोर्खाको भएको कारण यस अघि पृथ्वीनारायण शाह लगायत गोरखासम्बन्धी केही बिषयलाई नाचको बिषयबस्तुको रुपमा प्रस्तुत गरेका थिए ।

स्वस्तिकलाई हार्दिक बधाई एबं बिजेता बनून भन्ने हार्दिक शुभेच्छा 🌹🌺🌹🌺

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियान विस्व संयोजक तथा अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ @Ramkshrestha को फेसबुक पेज https://www.facebook.com/photo/?fbid=847252153632185