काजिशको डान्स स्टेप फलो गर्दै टिकटकमा “तिमी र म जाम माया”

टिकटकमा केही दिनयता एउटा ‘डान्स स्टेप’मा धेरै भिडियो बनेका छन् ।

तिमी र म जाम माया कहीँ  टाढा
भो न बसम पीरैमा 

यो गीतको भिडियोमा समावेश ‘डान्स स्टेप’लाई फलो गर्दै दर्शकले टिकटक बनाइरहेका छन् । ‘तिमी र म जाम माया कहीँ  टाढा ’बोलको यो गीत तीन साताअघि युट्युबमा सार्वजनिक गरिएको थियो ।

पल शाह र रेनुका खड्काको अभिनय एवं नृत्य रहेको गीतको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका छन् ।

भिडियोमा काजिशले अभिनेता पललाई फरक ‘डान्स स्टेप’मा नृत्य गराएका छन्, जसले दर्शकको ध्यान तानेको छ । सोही डान्स स्टेप फलो गर्दै ‘तिमी र म जाम माया कहीँ  टाढा ’ गीतमा ५० हजार बढी टिकटक भिडियो बनिसकेका छन् ।

गीतमा टिकटक बन्न थालेसँगै भिडियोको भ्युज पनि बढेको छ । १० लाख हाराहारी भ्युज भिडियोलाई मिलिसकेको छ ।

निर्देशक काजिश आफ्नो डान्स स्टेप रुचाइएकोमा खुशी व्यक्त गर्छन् । ‘टिकटकमा अधिकांशले सोही डान्स स्टेपमा भिडियो बनाएको देख्दा एकदमै खुशी लागेको छ’ उनले भने, ‘यो गीत चल्नुमा डान्स स्टेपको पनि भूमिका ठूलो छ ।’ यो गीतमा गोविन्द पंगेनीको शब्द एवं संगीत, शान्तिश्री परियार र सुमन बिटीको स्वर छ ।

अजय रेग्मीको छायांकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका थिए । आउँदा दिनमा पनि आफूले भिडियोमा डान्समा फरक खालका स्टेपहरू प्रयोग गर्दै जाने काजिश बताउँछन् ।