एनआरएनए युके उपाध्यक्षमा स्कटल्याण्ड बाट मनिष खत्रीको उम्मेदवारी।

एडण्वरा, स्कटल्याण्ड। यहि आउँदो जुलाई २२ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा एनआरएनए युकेको उपाध्यक्षमा स्कटल्याण्डबाट खत्रीले उम्मेद्वारी दिएका छन्। खत्री आफ्नो बाल्यकाल देखी स्कटल्याण्डको एडण्वरामा बसोबास गर्दै आएको अति मिलनसार, कर्ममा विश्वास गर्ने एक युवा परिचित ब्यक्तित्वको रूपमा आफूलाई चिनाउदै आफ्नो सामाजिक कार्यलाई अघि बढाउदै आईरहेकोछ। खत्री पेशागत रूपमा एक सफ्टवेयर ईन्जीनियरको हैसियतले कार्यरत छन्।
खत्री एडण्वराको नेपिएर युनिभर्सिटीको बिध्यार्थि संघको अध्यक्ष रहि सफलता का साथ आफ्नो कार्यकाल सम्पन्न गरेका छन् भने लामो समय देखि नेपाल स्कटल्याण्ड एसोसीएसन/हिमालयन सेन्टरको सचिवको हैसियतले संस्थाको जिम्मेवारी बहन गर्दै आईरहेको र साथै आफ्नो नेपाली भाषालाई संरक्षण तथा जगेर्ना गर्न संस्थाको नेपाली भाषा समूहको संयोजकको रूपमा अधि बढि यहाँ रहेका बालिकाहरुलाई नेपाली कक्षा सञ्चालन गरि यसको प्रवर्द्धन कार्यलाई सफलताका साथ विस्तार गर्दै आईरहेकोछ। एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषद कार्यसमितिमा समेत दुई कार्यकालमा उपाध्यक्ष र सचिव एक जिम्मेवारी पदमा रहि आफ्नो कार्यदक्षता प्रस्तुत गरी बृहत अनुभव बटुली यसपालीको चुनावमा आफ्नो अनुभवलाइ नेपाल र नेपाली समाजको लागि सेवा गर्ने र स्कटल्याण्डलाई केन्द्रसँगको सम्बन्ध अझ प्रगाढ र बिस्तार सहित एनआरएनए युकेको को एक जिम्मेवारी पद स्कटल्याण्डको तर्फबाट उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएको छ र संस्थालाई एक विशुद्ध सामाजिक पहिचान गराउने र यस अभियानलाई स्कटल्याण्डका हरेक नेपालीसम्म पुर्‍याउने संकल्प गरेका छन्।
खत्री नेपालमा होस् या युकेमा होस् , कुनै पनि क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपबाट समाजमा कुनै पनि बेला तत्परताका साथ सहयोग र जिम्मेवारी कार्यहरू गर्दै आएका छन्। व्यक्तिगत एवम् संस्थागत दुवै माध्यमबाट उनी सामाजिक कार्यमा सधैं अग्रसर रहंदै आएका छन्।
उनले नेपाली समाजको लागि सेवा गर्ने लक्ष सहित एनआरएनएमा उम्मेदवारी दिएको बताए र आफ्नो यस क्षेत्रलाई अझ बृहत रूपमा अगाडि बढाइ देश समाजलाई आफ्नो बृहत अभियानको अनुभवपछि एनआरएनए युके को एक अहम् पदको जिम्मेवारी बहन गरि कार्य गर्न अघि बढेको खत्री बताउछन् र यस संस्थालाई एक विशुद्ध सामाजिक पहिचान गराउने र यस अभियानलाई स्कटल्याण्डका हरेक नेपालीसम्म पुर्‍याउने संकल्प गरेका छन्।  खत्रीको यस अभियानलाई सफल बनाउन यहाॅहरू सम्पूर्ण वेलायत बासि आमाबाबु, दाजुभाई, दिदीबहिनीहरू लाई यस पटकको चुनाव मा एनआरएनए युकेको उपाध्यक्ष पदमा मनिष खत्रीलाई अत्यधिक बहुमतले बिजय गराउन हार्दिक अनुरोध व्यक्त गर्दछ।
धन्यवाद।