लाइभ दोहोरीमा जमेकी रेजिनाको आधुनिक गीत ‘ए धोकेबाज’ सार्वजनिक

काठमाडौं । संगीतको लोकदोहारी विधामा रुचाइएकी गायिका हुन् रेजिना परियार । दुई दशक लामो सांगीतिक यात्रा गरेसकेकी उनी पछिल्लो केहि वर्ष विशेषतः लाइभ दोहोरीमा व्यस्त छिन् ।

यतिबेला भने उनले आधुनिक गीतमा स्वर दिंदै आफ्नो गायनयात्रालाई अझै फराकिलो बनाएकी छिन् । आफ्नै शब्द रहेको ‘ए धोकेबाज तलाईं छैन र लाज’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

यस गीतमा विश्वास नेपाल र स्वयं रेजिनाको संगीत सुन्न सकिन्छ । बिश्वास नेपालको संगीत संयोजन गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ भने कुमार रानाले गरेका हुन् ।

अमर रावलले निर्देशन गरेको भिडियोमा पनि स्वयं रेजिना नै देखिन्छिन् । राम केसीको छायांकन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन्। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट सुमन राना र खुमन राना हुन् ।

धोकेवाज प्रेमीलाई मेन्सन गरेर गीत बनाइएको छ । गीतलाई गायिका रेजिनाकै अफिसियल युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिन्छ । लोकदोहोरीमा जमेकी गायिकाको आधुनिक गायन यात्रालाई पनि दर्शक तथा स्रोताले सकारात्मक कमेन्ट दिएका छन् ।

यो पनि: