कला साहित्यको माध्यमद्वारा नगरलाई चिनाउन बाल साहित्य महोत्सव


पथरी ।
कला साहित्यको माध्यमद्वारा नगरलाई चिनाउने उद्देश्यका साथ बाल साहित्य महोत्सव २०८० को आयोजना गरिएको कलासहित्य प्रवर्द्धन समितिका अध्यक्ष धनराज राई (अमिर)ले जानकारी दिनु भयो ।

पथरीशनिश्चरे नगरपालिकामा कला साहित्यमा रुचि राख्ने मानिसहरुको बाहुल्यता भए संगै कला साहित्यको माध्यमबाट नगरलाई चिनाउने उदेश्य सहित यही वैशाख २४ गतेदेखि ३० गतेसम्म महोत्सव लाग्ने भएको हो ।

पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुने महोत्सवलाई पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयो रहेको छ ।

उक्त महोत्सवमा नियमित नाटक प्रदर्शन, चित्रकला कार्यशाला, साहित्य लेखन कार्यशाला, मूर्तिकला कार्यशाला, हस्त लेखन कार्यशाला, वाककला कार्यशाला, पुस्तक प्रदर्शनी, खाद्य स्टलहरू, विज्ञान प्रदर्शनी, लोकवाजा प्रदर्शनी, भेषभुषा प्रदर्शनी, स्वास्थ्य शिविर, चेस लगायत खेलकुद गतिविधि तथा विभिन्न स्टलहरु रहने बताइएको छ । सहभागिहरुले एक दिनमा ३ वटा फरक फरक कार्यशालामा सहभागि हुन पाउने छन् ।

पथरीशनिश्चरेमा रहेर कला साहित्यमा योगदान पु¥याउनुहुने प्राज्ञ सरोजा खड्कीलाई नगद २५ हजार सहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको अन्तिम दिन कार्यशालामा सहभागीहरुका उत्कृष्ट कलाहरुको प्रर्दशनी पनि गरिनेछ ।

समितिका सचिव सरोज तिम्सिनाले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा अध्यक्ष अमिर राई र रंगकर्मी एवं नाटक कार्यशालाका संयोजक जीवन बराल, साहित्यकार लक्ष्मी फुएलले महोत्सवका बारेमा प्रष्ट्याउनुभएको थियो । बाल साहित्य महोत्सवमा प्रवेश निःशुल्क रहनेछ ।