मेलबर्नका आमा बुवा समूह वुद्ध जन्मस्थल बिषयक दिग्भ्रम निस्तेज गर्ने काममा शरिक हुने

३० अप्रिल, मेलबर्न: ज्याक रोपर रिजर्भ पार्कमा नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ द्धारा आयोजित पहिलो आधिकारिक बनभोज कार्यक्रममा करीब डेड सयको उपस्थिति थियो । बिहानदेखि बेलुकीसम्म बिभिन्न कार्यक्रम सहित गरिएको बनभोजमा कार्यक्रम आयोजना गर्नु अगावै संस्थाले नेपालको गर्ब र पहिचानमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने एउटा आधार विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रमलाई निस्तेज गर्ने काममा आफूहरुलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने चासो लिएकोले यो बिषयमा धेरैले बिभिन्न किसिमले सहभागिता जनाए ।

धेरैको ब्यक्तिगत र संस्थागत जिज्ञासालाई संबोधन गर्दै लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले नेपालको गर्ब र पहिचानमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने मात्रै नभएर विस्व शान्तिमा महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने यो बिषयमा सरकारद्धारा प्राथमिकताका साथ गरिनुपर्नेमा सरकारद्धारा नगरिएकोले जनस्तरबाट कृयाशिल अभियानले २००९ देखि हालसम्म प्राप्त गरेको राष्ट्रिय अन्तराष्ट्रिय महत्वका उपलब्धीबारे संक्षिप्तमा प्रकाश पार्दै यो उद्धेस्य प्राप्ती कार्यमा प्रत्येकले आ-आफ्नो क्षमताले केही न केही गर्न सक्ने भएकोले ‘मिलन पार्क आमा बुवा मेलबर्न’ ले संस्थाको दिगोपना र अभियानको उद्धेस्य प्राप्ती कार्यलाई प्रभावकारी ढंगले कसरी समानान्तर रुपमा अगाडि बढाउन सक्छ भन्ने कुरामा प्रकाश पारे ।

नेपाली कांग्रेस महासमिति सदस्य निर्मल कर्माचार्यले यो किसिमको भेटघाटले नेपालमा नै बसेको अनुभूति दिलाएको भन्दै आयोजक र आयोजनालाई सफल तुल्याउन सकृय सहयोगी मन र हातहरुप्रति आभार ब्यक्त गरे । कर्माचार्यले वुद्धको जन्मस्थल बिषयमा बिदेशमा बस्नेहरुद्धारा यत्ति धेरै महत्वपूर्ण कामहरु भएको थाहा पाएर अत्यन्तै खुशी लागेको बताए ।

नन्द प्रसाद पन्तद्धारा सन्चालित उक्त कार्यक्रममा दिदीबहिनी समाजका निबर्तमान अध्यक्ष डा जमुना पराजुली, सोही संस्थाका निबर्तमान उपाध्यक्ष प्रभा श्रेष्ठ, अंविका भन्डारी, वलराम ढुंगाना, सुभाश केसी, बिपुल ज्ञवालीले पनि मन्तब्य राखेका थिए र नित्य नाथ तिवारीद्धारा मन्तब्य राख्ने कार्यक्रमको समापन गरिएको थियो ।

 

श्रीकृष्ण खड्काद्धारा लुम्बिनी-कपिलवस्तु विस्व अभियानद्धारा नेपालीले गर्ब गर्नुपर्ने बिषयलाई महत्वका साथ उठान गरेर धेरै उपलब्धी हासिल गरेकोमा खुशी लागेको भन्दै अभियानको उद्धेस्य प्राप्ती कार्यमा सहभागिता जनाउँदै उपस्थित सबैलाई “Buddha born in Nepal” भन्दै प्रसाद बाडिरहेको

कार्यक्रमको ब्यबस्थापन समितिमा नन्द प्रसाद पन्त, सुवास केसी, रेखा केसी, साहारा केसी, विपुल ज्ञवाली, सीता पौडेल, प्रकाश वावु र भरत राज न्यौपाने थिए भने दिनभरीका लागि करीब डेढ सयका लागि खानपानका लागि HHYF संस्थामा सहभागी भए वापत पर्शु राम लुइंटेलवाट ७०० डलर, र दिदिवहिनी समाजकी निवर्तमान अध्यक्ष जमुना पराजुली, राजु पन्तबाट नगद र जिन्सी प्राप्त भएको थियो भने नपुग खर्च सुभाश केसी र बिपुल ज्ञवालीले ब्यहोर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

श्रीकृष्ण खड्काद्धारा लुम्बिनी-कपिलवस्तु विस्व अभियानद्धारा नेपालीले गर्ब गर्नुपर्ने बिषयलाई महत्वका साथ उठान गरेर धेरै उपलब्धी हासिल गरेकोमा खुशी लागेको भन्दै अभियानको उद्धेस्य प्राप्ती कार्यमा सहभागिता जनाउँदै उपस्थित सबैलाई “Buddha born in Nepal” भन्दै प्रसाद बाडिरहेको
facebook sharing button
twitter sharing button

बनभोज कार्यक्रम नाचगान सहित मनाइएको थियो । नाचगान कार्यक्रमको एउटा भिडियो

                                                             
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button