समीक्षा अधिकारीले फेसबुकमा यस्तो भावुक स्टाटस लेखेपछि दीपकले ढाडस दिँदै भने सबै भुलेर अगाडि बढ

काठमाडौं । गायिका समीक्षा अधिकारीले पछिल्ला दिनमा एक पछि अर्को भावुक स्टाटस लेख्दै आएकी छिन् । दुई साता अघि मात्रै कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया उडेकी गायिका अधिकारीले पछिल्ला दिनमा एकपछि अर्को भावुक स्टाटस लेख्ने क्रममा आइतबार बिहान पोस्ट गरेको स्टाटससमा उनले भनेकी छिन् अगाडि बढ्न खोज्छु, मेरा पाइला पछाडि तानिन्छन् ।

मनभित्रको बह सुनाउन खोज्छु, हाँसो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कतै भुलाउन खोज्छु, जताततै अँध्यारो देख्छु । मेरो पनि तपाईंको जस्तै भावना अनि मन छ । मलाई पनि आँसु झर्दा, दुख्छ, पोल्छ। अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो लाग्छ । म गलत छैन । म कुनै चरित्रहीन छोरी होइन । पर्दामा देखिएका हर कुरा सही हुँदैनन् । सत्यता मनमा अड्किएर बसेको हुन्छ । उनको भाइरल स्टाटसलमा चर्चित कलाकारहरु तथा सेलीब्रेटीहरुले पनि उनलाई ढाडस दिँदै धेर्य गरेर सबै कुरा बिर्सिएर अघि बढ्नका लागि सुझाएका छन् ।

लोकप्रिय कलाकार तथा निर्माता दीपकराज गिरीले गायिका अधिकारीलाई सामजिक सञ्जालमार्फत सान्त्वना र हौसला दिँदै भनेका छन् सबै भुलेर अगाडि बढ । कलाकार गिरीले सबैलाई स्पष्टीकरण दिन जरुरी नभएको उल्लेख गर्दै भनेका छन् बुझ्न नचाहने मान्छेलाई प्राणै त्यागेर दिए पनि बुझ्दैनन् भन्दै दीपक अघि लेख्छन् तिमीले लडेर पनि फेरी उठ्ने जुन साहस गरेकी छौ त्यो अत्यन्तै सकारात्मक छ । म तिम्रो त्यो साहसलाई नमन गर्छु । सबै भुलेर तिमी अघि बढ ।


समिक्षाले फेसबुकमा लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै

कुनै पनी घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन । अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ । अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन । मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु ।

आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनी भावना छ तपाईको जस्तै ।मेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ,पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थ हिन हुन जस्तो ।म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहिहुदैनन । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।