विवाह भएकाहरू समेत छुट्टिएका छन् त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही बोल्दिन – एलिना चौहान

काठमाडौं – गायिका एलिना चौहान पछिल्लो समय प्रेमका कारण थप चर्चामा छन् । ‘धोकेबाज हौ तिमी’ बोलको गीत का कारण चचाृमा रहेकी उनी अस्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु सापकोटा नामका युवकसँग अफेयरमा रहेको चर्चाले उनी मिडियामा छाइरहेकी छिन् ।]

यद्यपी एलिनाले भने अहिले सम्म मुख खोलेकी छैनन् । स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त रहेकी यी गायिकाले विवाह नहुँदासम्म ‘अफेयर’बारे आफूले केही नखुलाउने बताएकी छन् । उनले ‘इन्गेजमेन्ट भएका कतिपयको सम्बन्ध त टुटेको हुन्छ, विवाह भएकाहरू समेत छुट्टिएका हुन्छन्’त्यसैले अहिले ढुक्क भएर अफेयरबारे केही नबोल्ने उनी बताउछिन् ।

विवाह भयो भने जानकारी गराउने चौहानको भनाइ छ । उनले अफेयरमा होरहोइन भन्नेबारे समेत केही नखुलाउने बताइन् । ​एलिना अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका हुन् । सांगीतिक करिअरलाई रफ्तारमा दौडाइरहेकी उनी स्टेज कार्यक्रमका लागि बिहीवार युकेतर्फ प्रस्थान गर्दैछिन् । वैशाखमा मात्र उनी नेपाल फर्किने छिन् ।