सबै खेलाडीले सम्मान पाउँदा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर सन्दीप लामिछानेले कतैबाट पाएनन् सम्मान !

नेपाली राष्ट्रिय टीमका खेलाडी सन्दीप लामिछानेलाई कुनै प्रदेश र पालिकाले सम्मान गरेका छैनन् । भरतपुर घर भएका लामिछानेलाई कुनै सहयोग र प्रोत्साहन प्राप्त हुन सकेको छैन् । नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याउन अहम भूमिका खेलेका लामिछानेले कुनै सहयोग र प्रोत्साहन स्थानीय पालिका स्तरबाट पाउन सकेका छैनन् ।

भीम सार्की र दिपेन्द्रसींह ऐरीले भीमदत्त नगरपालिकाबाट आकर्षक सम्मान र पुरुस्कार पाएका छन् , त्यस्तै विरगंज घर भएका आरीफ र आसीफ शेखले उत्कृष्ट प्रदर्शन गरेकाले मोटरसाईकल सहित भब्य सम्मान पाएका छन् । लिग २ का पछिल्ला सिरिजमा सबैभन्दा धेरै विकेट लिएर नेपालको जितमा योगदान पुर्याएका सन्दीप लामिछानेले भने कतैबाट सम्मान र सहयोग पाउँन सकिरहेका छैनन् ।

नेपाली क्रिकेटका सबै खेलाडीहरुलाई उनकै गृहनगरमा भब्य स्वागत र सम्मान हुदैछ भने सन्दीप लामिछानेलाई उनको गृहपालिकाले सम्मानका लागि कुनै घोषणा समेत नगरेको समाचार प्राप्त भएको छ ।