बिहे गर्दै धोकेबाज गायिका (एलिना चौहान) भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !

काठमाडौँ – अहिलेकी चर्चित गायिका एलिना चौहान यतिबेला अस्ट्रेलियामा छिन् ।सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएकी ‘धोकेबाज हौ तिमी’ फ्रेम यी गायिकाले त्यहाँ रहेर ‘ब्याक टु ब्याक’ एक युवकसँग टिकटक भिडियो बनाएर पोष्ट गरेकी छिन् ।

जसका कारण यति बेला सांगीतिक बजारमा ति युवकसँग एलिना प्रेममा रहेको चर्चा चलेको छ । ति युवक हुन् अस्ट्रेलियामा बस्दै आएका बागलुङका विष्णु सापकोटा ।उनको टिकटक अकाउण्टमा पनि ‘ब्याक टु ब्याक’ एलिनासंगको भिडियो पोष्ट भएका छन् ।

विमानस्थलमा एलिनालाई स्वागत गर्दाको भिडियो पनि उनले पोष्ट गरेका छन् ।एलिनाले उनीसँग र उनले राखेको एलिनासँगको टिकटक भिडियोमा थुप्रैले उनीहरूलाई ‘कपल’ भन्दै बधाईसमेत दिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगति प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका उनी कार्यक्रम आयोजक समेत हुन् ।

उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णुले एलिनासँग ‘बाजा तालमा’बोलको गीतमा स्वर दिएका छन् । उनीहरू विगत केही महिनादेखि गुपचुप प्रेममा रहेको एलिना निकटस्थहरुको दाबी छ ।केही महिनाअघि कार्यक्रमका लागि

एलिना अस्ट्रेलिया जाँदा उनीहरूको भेट भएको र प्रेममा परेको बताइन्छ । टिकटकमा उनीहरूको भिडियोहरू हेर्दा यो जोडी प्रेम सम्बन्धलाई गुपचुप राखिरहने मुडमा नरहेको बुझिन्छ ।एलिनाले खुलेरै प्रेमबारे नखुलाए पनि उनीहरूको सम्बन्धबारे दुवैको परिवारलाई जानकारी छ ।

र, दुवैको परिवारमा विहेबारे कुरा समेत चलिरहेको एलिना निकटस्थहरुको दाबी छ। विवाह गरेपछि पनि नेपालमै बसेर सांगीतिक क्षेत्रमा सक्रिय रहने एलिनाको योजना छ । पछिल्लो समय ‘धोकेबाज हौ तिमी’ गीत सर्वाधिक चर्चामा रहे पनि एलिनाका दर्जनौं गीत स्रोता एवं दर्शकले रुचाएका छन् ।